धनकुटामा अत्यावाश्यक वस्तु आयात-निर्यातमा सहज गराउने विषयमा छलफल

धनकुटा खबर, १७ बैसाख । धनकुटा उद्योग बाणिज्य संघले धनकुटा जिल्लामा दैनिक उपभोग्य तथा अत्यावश्यक वस्तु र सामाग्रीहरु आयात तथा निर्यातलाई अझ सहज र प्र,भावकारी बनाउने भएको छ ।

धनकुटा उद्योग बाणिज्य संघको टोलीसंग आज दैनिक उपभोग्य तथा अत्यावाश्यक सामाग्रीहरु र वस्तुहरु आर्यात तथा निर्यात गर्दा पास नचाहिने जिल्ला प्रशासन कार्यालय र उद्योग वाणिज्य संघ धनकुटाका पदाधिकारीहरु विच छलफलमा भई सहमती भए संगै दैनिक उपभोग्य बस्तु सहज हुने भएको उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजयसन्तोषी राईले जानकारी दिनु भयो ।

धनकुटा जिल्लामा दैनिक उपभोग्य, अत्यावाश्यक वस्तु तथा सामाग्रीहरुको आर्यात र निर्यातको अवस्था लगायत धनकुटा उद्योग बाणिज्य संघले गरिरहेको पहल र अभियानको वारेमा धनकुटाका प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमली, सूचना अधिकारी जयराम श्रेष्ठ लगायत स्थानीय प्रशासन, सुरक्षा निकायलाई धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले जानकारी गराउँनु भएको उद्योग वाणिज्य संघ धनकुटाका महासचिव राम वहादुर गोङ्वा तामाङ्गलले जानकारी दिनु भयोे ।

यसैगरी राष्ट्रि गौरवका आयोजनाहरु र ठूला ठूला आयोजनाहरु विकास निर्माणका आयोजनाहरु संचालन गर्न निर्माण सामाग्रीहरु ढुवानी गर्न जिल्ला प्रशासन कार्यालयको अनुमती पत्र लिएर राती मात्र ढुवानी गर्ने व्यवस्था भएको धनकुटा उद्योग बाणिज्य संघका कोषाध्यक्ष रुपेश श्रेष्ठले वताउनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।