अन्तराष्ट्रिय श्रमीक दिवसमा ‘निगाले सिमेन्ट’ र ‘गुरासे टि स्टेट’का मजदुरलाई स्वास्थ्य सामाग्री वितरण
धनकुटा खबर । अन्तराष्ट्रिय श्रमीक दिवसको अवसरमा आज धनकुटा उद्योग बाणिज्य संघले मजदुरहरुलाई स्वास्थ्य तथा सूरक्षित सामाग्री वितरण गरेको छ । संघले श्रमीक दिवसको अवसरमा धनकुटा निगाले सिमेन्ट प्राली सिधुवा धनकुटा र गुरासे टि स्टेट प्राली धनकुटा हिलेका मजदुरहरुलाई स्वास्थ्य तथा सुरक्षित सामाग्री वितरण गरेको हो ।
संघका अध्यक्ष विजय सन्तोषी राई, वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग, उपाध्यक्ष तथा तिवरक संघ हिले धनकुटाका अध्यक्ष कृष्णराज श्रेष्ठ, महासचिव राम वहादुर गोङ्वा तामाङ्ग,कोषाध्यक्ष रुपेश श्रेष्ठ,सदस्य डिजेस शाक्य,राम वहादुर तामाङ्ग,वितरक संघ धनकुटा हिलेका कोषाध्यक्ष विक्रम प्रधान लगायतले मजदुरहरुलाई माक्स,हेण्ड वास ,पञ्जा र सेनिटाईजर प्रदान गरेका थिए।

सो अवसरमा धनकुटा उद्योग बाणिज्य संघ धनकुटा र वितर संघ हिले धनकुटाका टोलीले निगाले सिमेन्ट प्रा लि धनकुटाका प्रत्यक्ष रुपमा अवलोकन गरी उद्योगको समस्या र अहिलेको अवस्थाको वारेमा जानकारी समेत लिएको थियो । निगाले सिमेन्ट प्रालि निगाले धनकुटाका प्रवन्धक सरोज सेढाईले निगाले सिमेन्ट प्रालिको वर्तमान समस्या र उत्पादनको अवस्थाको वारेमा जानकारी दिनु भएको थियो ।
उद्याेग वाणिज्य संघका अध्यक्ष राईले नेपाल सरकारले तयार गरेको अहिले तयारको सूरक्,षाको माप दण्ड अनुरुप उद्योग संचालन गर्न अनुरोध गर्दै उद्योग संचालनमा कुनै किसिमका समस्याहरु आएमा वा भएमा समन्वय गरी सहयोग गर्ने विश्वास दिलाउनु भएको थियो ।


