अब धनकुटामा विकास निर्माणका काम सुरु हुने

धनकुटा खबर । लकडाउन लिम्बिदै गएसंगै धनकुटामा समेत विकास निर्माणका काम अवरु,द्ध छन् तर अब भने विकास निर्माणका कार्य अगाडी बढाईने भएको छ ।

राष्ट्रिय गौरवका आयोजनाहरु, ठूला आयोजनाहरु र अव काम नथालिए वा नगरीए बर्खाको समयमा ठूलो क्ष,ति हुन सक्ने अन्य योजनाहरुलाई समेत सुर,क्षात्मक विधी अपनाई काम सुरु गरिने भएको धनकुटाका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले जानकारी दिनु भयो ।

उहाँले भन्नु भयो “बर्खाको समय लागि सकेको छ बर्खामा काम गर्न नसकिने साथै अहिले काम नगरी वा बर्षा हुनु भन्दा अगाडी काम नसकिए त्यसले झनै ठूलो सं,कट ल्याउने योजनाका काम सुरु गर्न भनेका छौ”।

विकास निर्माणका आयोजनाहरु संचालन गर्न निर्माण समाग्रीहरु ढुवानी गर्न जिल्ला प्रशासन कार्यालयको अनुमती पत्र लिएर राती मात्र ढुवानी गर्ने व्यवस्था समेत धनकुटामा गरीएको धनकुटाका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले जानकारी दिनुभयो ।

ठूलो आयोजनाको रुपमा रहेको कोशी करिडोरको तार तान्ने काम भने लकडाउनको समयमा केहि समय रोकिएर पहिला नै सुरु भई सकेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।