धनकुटामा कर, घर भाडा मिनाहा र अत्यावाश्यक समाग्री आयात निर्यात बारे छलफल

धनकुटा खबर । स्थानीय तहका सरकारले लिने विभिन्न कर, घर भाडा मिनाहा र दैनिक उपभोग्य, अत्यावाश्यक समाग्री आयात निर्यातको विषयमा आज धनकुटा नगरपालिका प्रमुख तथा उप-प्रमुखसंग धनकुटा उद्योग बाणिज्य संघ र वितरक संघ धनकुटाले छलफल गरेको छ ।

लक डाउनको समयमा धनकुटामा दैनिक उपभोग्य वस्तुको सम्भवित अभाव , त्यस्ता समाग्रीहरुको आयात निर्यात लगायत विविध बिषयमा नगर प्रमुख चिन्तन तामाङ्ग, उप-प्रमुख सकुन्तला वस्नेत सँग उद्योग वाणिज्य संघका पदाधिकारीहरुले छलफल गरेका हुन् ।

छलफलमा धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ्गले नगर क्षेत्रमा दैनिक उपभोग्य वस्तुहरु अभाव हुन नदिन सवै सरोकारवालासंग समन्वय र सहकार्य गर्दै आएको वताउदै सं,कटमा परेका जो कोहीलाई पनि नगरपालिकाले सहयोग गर्ने वताउनु भयो ।

त्यस्तै उप-प्रमुख वस्नेतले लक डाउनको नियम सवैले पालना गरी सहयोग गर्नु पर्ने वताउनु भयो । छलफलमा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले विपतको अवस्थामा नीजि क्षेत्र हरेक तहका सरकार संग समन्वय गर्दै सहयोग गर्न तयार रहेको भन्दै स्थानीय सकारले व्यावासायीहरुलाई लक डाउन अवधिभरको व्यावसाय कर,घर भाडा लगायत अन्य कर छुट दिन र नगरपालिकाको व्यावसायीक भवनमा व्यापार व्यावसाय सञ्चालन गरिरहेका व्यापारी एवम् व्यावसायीहरुलाई घर भाडा मिनाहा गरीदिन अनुरोध गर्नु भएको थियो ।

संघका निर्वतमान अध्यक्ष उमेश घिमिरेले सवैको सहयोगबाट मात्र कोरोना भाईरस विरुद्धको लडाईमा सफल हुने भएकाले सवैले सहयोग गर्नु पर्ने वताउनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।