पाख्रीवास नगरपालिकाको जीप दु,र्घ,टना
शर्मिला राई, धनकुटा खबर, वैशाख २२ । धनकुटाको पाख्रीवास नगरपालिका कृषी फर्म छेउमा गएराती पाख्रीवास नगर कार्यपालिकाको जीप दु,र्घ,टना भएको छ । को १ झ ६६४ नं को जीप दु,र्घ,टना हुँदा जीपमा सवार दुई र अर्का एक पैदल यात्री गरी जम्मा ३ जना घा,ईते भएकाछन् ।
घा,ईते हुनेहरुमा जीप चालक पाख्रीवास ३ का वर्ष ३३ का मनोज कुमार राई र भोजपुर गोगने घर भई हाल पाख्रीवास नै वस्दै आएका वर्ष १४ का सुदीप परियार रहेकाछन् भने सडकवाट जीप तल खसेको देखेपछि अ,ताल्लिएर भाग्दा धनकुटाको माहलक्ष्मी नगरपालिका घर भई हाल पाख्रीवास नै वस्दै आएका वर्ष २४ का वसन्तराज श्रेष्ठ सामान्य घा,ईते भएको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रवक्ता डिएसपी वसन्तराज श्रेष्ठले जानकारी दिनुभयो ।

उनिहरु तीनै जनाको पाख्रीवास पोलिक्निकमा उपचार गरिएको र अहिले सवैको अवस्था सामान्य रहेको जनाईएको छ । नगर प्रमुख वृष वहादुर राईका अनुसार नगरपालिकावाट उहाँलाई घर सम्म पुर्याई फर्केर हिले पाख्रीवास वीचमा रहेको पेट्रोल पम्पमा तेल लगाएर पूनः पाख्रीवास नै फर्किने क्रममा जीप दु,र्घ,टना भएको हो । जीप सडकवाट करिव ४० मिटर तल ख,सेको थियो ।


