धनकुटाको डाँडाबजारमा १ महिनाको खानेपानी महसुल मिनाहा

धनकुटा खबर । डाँडाबजार खानेपानी तथा सरसफाई उपभोक्ता समितिले एक महिनाको खानेपानी महसुल मिनाहा गरेको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका–५ डाँडाबजारमा रहेको खानेपानी तथा सरसफाई उपभोक्ता समितिले एक महिनाको खानेपानी महसुल मिनाहा गरेको हो ।

संसार भर नै कोभिड–१९ कोरोनाले निम्तिएको म,हाविपत्तिको बेला उपभोक्तालाई केही राहत होस् भन्ने उद्देश्यले खानेपानी तथा सरसफाई उपभोक्ता समितिको वैठकबाट चैत्र महिनाको न्यूनतम महसुल मिनाहा गर्ने निर्णय गरिएको डाँडा बजार खानेपानी तथा सरसफाई उपभोक्तासमितिका सचिव पूर्ण खजुमले बताए ।

समितिले हरेक महिना उपभोक्ताबाट न्यूनतम महसुल बापत ३ सय २५ रुपैया उठाउँदै आइरहेको छ भने संस्थागत कार्यालय बाट ११ सय महसुल उठाउने गर्छ । खानेपानी उपभोक्ता समिति अन्र्तगत अन्र्तगत डाँबजार, निगाले, तुम्खा र लाप्चेटार लगायत क्षेत्रमा गरि विद्यालय, स्वास्थ्य संस्था गरी २ सय ५० जना खानेपानी उपभोक्ता छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।