पत्रकार महासंघ धनकुटालाई स्वास्थ्य सामाग्री
धनकुटा खबर २४ बैसाख । नेपाल पत्रकार महासंघ १ नम्वर प्रदेश कार्य समितिल नेपाल पत्रकार महासंघ धनकुटा शाखा लाई विभिन्न कोरोना भाइरसको सं,क्रमण बाट ब,च्न लागि भन्दै माक्स, सेनेजाइजर, पञ्जा लगायतका स्वाथ्य सामाग्री ह,स्तान्तरण गरेको छ ।
राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ १ नम्वर प्रदेश कार्य समितिले स्वास्थ्य समाग्रीहरु ह,स्तान्तण गरेको हो । प्रदेश कार्य समितीको जिम्बेवारी पुरा गर्नेका लागि स्वाथ्य सामग्री धनकुटा पत्रकार महासंघ लाई ह,स्तान्तरण गरिएको नेपाल पत्रकार महासंघ १ नम्वर प्रदेश कार्य समितिका अध्यक्ष विक्रम लुईटेलले बताउँनु भयो ।

पत्रकारीता क्षेत्रमा अहिले आर्थिक संकटमा पर्दै गएकाले राज्यले सहयोग गर्नु पर्ने वताउदै अध्यक्ष लुईटेलले संचार गृहहरुलाई अहिलेको अवश्था कसरी बचाउन सकिन्छ भन्ने बिषयमा योजना बनाई कार्यन्वय गर्न आवश्यक रहेको बताउँनु भयो त्यस्तै प्रदेश महासचिव विवेक गौतमले जोखिम तथा संकटमा परेका पत्रकाहरुलाई प्रदेश कार्य समितिले सहयोग गर्ने वताउनु भयो ।
नेपाल पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष नगेन्द्र राईको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष सञ्जय सन्तोषी राई,नेपाल पत्रकार महासंघ धनकुटका पूर्व अध्यक्ष तथा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राई,पूर्व अध्यक्ष खगेन्द्र घिमिरे नेपाल पत्रकार महासंघ धनकुटा शाखाका सचिव विदुर खवास, नेपाल पत्रकार महासंघ १ नम्वर प्रदेश कार्य समितिका उपाध्यक्ष स्मिता निरौला,सदस्य सन्तोष रुचाल,नेपाल पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष सुखकला राई,सहसचिव हरि वहादुर लम्जेल लगायतको उपस्थिती रहेको थियो ।


