धनकुटाका सुनचाँदी कालीगढलाई खाद्य सामाग्री बितरण
धनकुटा खबर, वैशाख २९ । लकडाउनको कारण समस्यामा परेका धनकुटाका सुनचाँदी कालीगढहरुलाई आज दैनिक उपभोग्य समाग्री र माश्क उपलब्ध गराइएको छ । नेपाल सुनचाँदी कला व्यावसायी संघ धनकुटाले उद्योवाणिज्य संघ धनकुटाको समन्वयमा जिल्लाका ३२ जना कालिगढहरुलाई खाद्यान्न सामाग्री र संघको तर्फबाट माश्क वितरण गरेको हो ।
लक डाउनका कारण व्यावासाय बन्द भै दैनिक उपभोग्य वस्तुहरुको अभाव भई समस्यामा परेका धनकुटा बजार,हिलेबजार,पाख्रिवास बजार र सिधुवा बजारका सुनचादी व्यावसायीहरुसंग भेटघाट गरी त्यहाँ कार्यरत उल्लेखित संख्याका कालीगढहरुलार्इ धनकुटा उद्योग बाणिज्य संघको समन्वयमा नेपाल सुनचादी व्यावसायी संघ धनकुटाले २५ केजीको दरले प्रत्येक कालीगढहरुलाई चामल दाल, तेल, नुन सावुन लगायतका अत्यावाश्यक दैनिक खाद्यान्न सामग्रीहरु उपलब्ध गराएको हो ।

उनिहरुलाई उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,नेपाल सुनचादी कला व्यावसायी संघ धनकुटाका अध्यक्ष शंकर ल्वागुन, सम्वन्धित समाजसेवि सहित उद्योग वाणिज्य संघ र नेपाल सुनचाँदी कला व्यवसायी संघका पदाधिकारीहरुले ती सामाग्री प्रदान गरेका थिए ।


