धनकुटामा २ सय ७५ जनाको कोरोना परिक्षण
धनकुटा खबर, ३० बैशाख । धनकुटामा आज मंगलबार सम्ममा २ सय ७५ जनाको कोरोना परिक्षण गरिएको छ ।
आज सम्म परिक्षण गरिएको र रिपोट आएका सबै २ सय ७५ जना कै रिपोट नेगेटिभ भएको जिल्ला स्वाथ्य कार्यलयका धनकुटाका प्रमुख तुलसी प्रसाद गुराँगाईले जानकारी दिनु भयो ।
आज सम्म २ सय ६७ जनाको आरडीटी टेष्ट र अन्य २ जनाको पिसिआर र ६ जनाको पिसिआर र आरडीटी द्धारापरिक्षण गरिएको समेत स्वाथ्य कार्यलयका धनकुटाका प्रमुख तुलसी प्रसाद गुराँगाईले जानकारी दिनु भयो । हिजो सोमबार सम्म २ सय ३९ जनाको परिक्षण गरिएको र आज थप ३६ जनाको परिक्षण गरिएको स्वाथ्य कार्यलयले जनाएको हो ।


