धनकुटाको पाख्रीबास-४ मा घर-घरमै औषधि पुर्याउने कार्य जारी – आवश्यक परे अध्यक्षलाई खबर गर्नुस्

धनकुटा खबर, वैशाख ३१ । कोरोना भाईरसको सं,क्रमण जोखिम नि,यन्त्रणका लागि आ,ह्वान गरिएको लकडाउनको समयामा दीर्घ रोगीहरुले नियमित सेवन गरिरहेको औषधि सहज रुपमा उपलव्ध गराउने उद्देश्यका साथ धनकुटाको पाख्रीवास नगरपालिका-४ मा शूरु गरिएको आवश्यक औषधि घर-घर मै पुर्याउने कार्य जारी छ ।

सो नगरपालिकाको सम्पूर्ण वडाका दी,र्घ रोगीहरुले नियमित रुपमा सेवन गरिरहेको औषधि त्यहाँका ४ नं वडाध्यक्ष सोवित निरौलाले घरघर मै पुर्याउने व्यवस्था गर्नुभएको हो । अहिले सम्म सो नगरपालिका क्षेत्रको विभिन्न वडाका ३७ जना दी,र्घ रोगी आफ्नो सम्पर्कमा आएको र उनिहरुलाई आवश्यक पर्ने औषधि आफुले ल्याएर पुर्याउदै गरेको वताउनुभयो ।

उहाँले ती दीर्घ रोगका विरामी व्यक्ति वा परिवारले आवश्यक औषधि खरिद गर्न चाहिने शूल्क उपलव्ध गराए मात्र पुग्नेगरी यो सेवा दिईरहनुभएको छ । औषधि खरिदका लागि विभिन्न स्थान सम्म जाने आउने लगत खर्च आफैले वे,होरेर यो सेवा दिईरहेको उहाँको भनाई छ । साथै उहाँले यस्ता अन्य विरामीहरु भए र औषधि सम्वन्धि केही स,मस्या भए आफुलाई स,म्पर्क गर्न अनुरोध गर्नुभएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।