राजारानी र मौनावुधुक बजार अनुगमन – स्वास्थ्य सामाग्री समेत वितरण
धनकुटा खबर, जेष्ठ १ । कोरोना भाईरस सं,क्रमण नियन्त्रणका लागि धनकुटा उद्योग बाणिज्य संघको अभियान अन्र्तगत संघले आज धनकुटाको चौविसे गाउँपालिका राजारानी बजार र मौनावु,धुक बजारमा नमूनाको रुपमा केही पसलको अनुगमन गरेको छ ।
उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई सहितको ती बजारको अनुगमन गरेको हो । सोही अवसरमा टोलीले चौविसे गाउपालिका अध्यक्ष खजिन्द्र राई, उपाध्यक्ष यज्ञ कुमारी रुचाल, प्रमुख प्रशासकीय अधिकृत शसी राई,लेखा अधिकृत सोभित तुम्ब लगायतसंग छलफल पनि गरेको छ ।

छलफलको क्रममा गाउँपालिकाका उपाध्यक्ष रुचाल, प्रमुख प्रशासकीय अधिकृत राई लगायत संग लक डाउन र दैनिक उपभोग्य तथा अत्यावाश्यक समाग्रीहरुको आर्यात र निर्यातको तथा बजारको अवस्थाको वारेमा जानकारी लिएको थियो । उनिहरुले चौविसे गाउपालिकाका बजार क्षेत्रमा अहिले दैनिक उपभोग्य सामाग्रीहरुको स,मस्या नभएको जानकारी गराएका थिए।
उद्योग बाणिज्य संघको टोलीले चौविसे गाउपालिकाको कार्यालयको लागि केही माश्क, सेनिटाईजर र पञ्जा समेत उपलब्ध गराएको थियो । त्यसैगरी धनकुटा उद्योग बाणिज्य संघको टोलीले चौविसे गाउपालिका वडा नं ७ का वडाध्यक्ष दुर्गा वहादुर सुवेदी,वडा नं. ६ का वडा सदस्य हर्कमाया राई लगायत राजारानी, मौनावुधुक बजारका धनकुटा उद्योग बाणिज्य संघका सदस्यहरु हर्क चेम्जोग, कुमार सुवेदी लगायतका विभिन्न सदस्यहरुसंग भेटघाट गरी परार्मश समेत गरेको थियो ।


