स,मस्यामा परेका धनकुटाका पत्रकार लगायतलाई महासंघको आर्थिक सहयोग
धनकुटा खबर । लक डाउनका कारण समस्यामा परेका धनकुटाका श्रमजीवी पत्रकार र सञ्चारगृहमा काम गर्ने श्रमीकहरुलाई नेपाल पत्रकार महासंघ धनकुटाले आर्थिक सहयोग गरेको छ ।
कोरोना भाईरसलाई नियन्त्रण गर्न सरकारले लगाइएको लक डाउनका कारण संकटमा परेका धनकुटाका श्रमजिवी पत्रकारहरुलाई र संचार गृहमा काम गर्ने श्रमीकहरुलाई नेपाल पत्रकार महासंघ धनकुटाले पत्रकार कल्याण कोष धनकुटाबाट तत्काल केही आर्थिक सहयोग गरेको हो ।
नेपाल पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष नगेन्द्र राईको संयोजकत्वमा भएको आर्थिक सहयोग अभियानमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष सञ्जय सन्तोषी राई, नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष विजय सन्तोषी राई,नेपाल पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष नगेन्द्र राई, सचिव बिदुर खवास,सहसचिव हरी वहादुर लम्जेलले नेपाल पत्रकार महासंघ धनकुटा शाखाका तर्फबाट समस्यामा परेका धनकुटा २६ जना श्रमजिवी पत्रकार र सञ्चार गृहमा काम गर्ने श्रमीकहरुलाई पहिलो चरणमा आर्थिक सहयोग वितरण गरेका थिए ।
समस्यामा परेका धनकुटाका २६ जना पत्रकारहरुलाई पहिलो चरणमा आर्थिक सहयोग गरिएको र बाकी अन्य पत्रकारहरुलाई पनि दोस्रो चरणमा आर्थिक सहयोग उपलब्ध गराउने नेपाल पत्रकार महासंघ धनकुटाका सचिव विदुर खवासले वताउनु भयो ।
नेपाल पत्रकार महासंघ धनकुटाले १० बर्ष अघि स्थापना गरेको पत्रकार कल्याण कोषबाट आपत विपतमा परेका पत्रकारहरुलाई सहयोग गर्दे आएकोमा यस पटक पनि कोरोना भाईरस नियन्त्रण गर्नका लागि लगाएको लक डाउनका कारण समस्यमा परेका धनकुटाका श्रमजिवी पत्रकारहरुलाई सहयोग गरिएको नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठले वताउनु भयो ।


