धनकुटाका सञ्चारकर्मीलाई सुनिल थापाद्वारा आर्थिक सहयोग
धनकुटा खबर । धनकुटाका सञ्चारकर्मीहरुका लागि आर्थिक सहयोग प्राप्त भएको छ । पूर्वमन्त्री सुनिल वहादुर थापाले जिल्लाका सञ्चारकर्मीहरुलाई आर्थिक सहयोग गर्नुभएको हो ।
उहाँले नगद रु २६ हजार सहयोग गर्नुभएको नेपाल पत्रकार महासंघ धनकुटा शाखाका उपाध्यक्ष नगेन्द्र राईले वताउनुभयो । पत्रकार कल्याणकारी कोषमा जम्मा हुनेगरी प्राप्त सहयोग रकम राप्रापाका जिल्ला नेता मिन वहादुर कार्कीले महासंघका उपाध्यक्ष राईलाई हस्तान्तरण गर्नुभएको थियो ।

सो रकम कोषमा जम्मा गरिसकिएको महासंघका सचिव विदुर खवासले जानकारी दिनुभयो ।


