घरभाडा मिनाहा गर्दै धनकुटा र हिले बजारका घरधनीहरु

धनकुटा खबर । धनकुटा उद्योग बाणिज्य संघको अनुरोधमा धनकुटा र हिले बजारका घरधनीहरुले घर भाडा मिनाहा गर्ने अभियानलाई आज पनि जारी राखेका छन ।

कोराना भाईरस नि,यन्त्रण गर्न सरकारले लगाएको लक डाउनको कारण व्यापार,व्यावसाय बन्द भई दिन प्रतिदिन उद्योगी,व्यापारी र व्यावसायीहरु संंकटमा पर्दै गएकाले धनकुटा उद्योग बाणिज्य संघले संचालन गरेको घर भाडा मिनाहा अभियान अन्र्तगत आज पनि धनकुटा र हिलेका एक दर्जन भन्दा वढी घर धनीहरुले घर भाडा मिनाहागरेकाछन् ।

धनकुटा उद्योग बाणिज्य संघको आह्वान तथा अनुरोधमा धनकुटा नगरपालिका वडा नं ५ तल्लो कोप्चेको घरमा संचालित टिप टप खाजा घरका साथै त्यही घरकको पछाडी पटीको घरको समेत त्यहा वस्ने सम्पूर्णलाई एक महिनाको भाडा घर धनी त्रिभुवन श्रेष्ठले मिनाहा गरिदिनु भएको व्यावसायी राजेश श्रेष्ठले वताउनु भयो ।

त्यसैगरी धनकुटा नगरिपालिका वडा १ हिले बजारका धन वहादुर मोक्तान९डि।बीं मोक्तान०,कौशिला बमजन,विष्णु मोक्तान,बिना देवी घिसिङ, बम बहादुर योञ्जन, जमुना घिसिङ योजञ्जन, शुभ चन्द्र मोक्तान, दुर्गादेवी घिसिङ लगायत १७ जना घर धनीहरुले उहाहरुको घरमा व्यावसाय संचालन गरीरहेका व्यावसायी तथा व्यापारीहरुलाई लक डाउन अवधिभरको भाडा मिनाहा गरिदिएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताउनु भयो ।

लक डाउन लगाएका कारण व्यापार व्यावासय पूर्ण रुपमा बन्द हुदा व्यावसायीले ठूलो आर्थिक संकट वेहोर्नुपरेको वेला घर धनीहरुले भाडा मिनाहा गरी महत्वपूर्ण सहयोग गरेको प्रति धनकुटा उद्योग बाणिज्य संघले उहाँहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।

साथै जिल्लाका अन्य बजार क्षेत्रका घर धनीहरुलाई लक डाउन अवधिभरको घर भाडा छुट गरि दिई संकटमा सहयोग गर्न अपिल गरिएको छ ।

धनकुटा उद्योग बाणिज्य संघ अध्यक्ष विजय सन्तोषी राईले धनकुटा नगरपालिकाको धनकुटा बसर्पाकमा रहेको व्यापारिक भवनहरुका भाडाहरु र धनकुटा अस्पतालको व्यापारिक भवनहरुमा रहेको पसलहरुको समेत घर भाडा छुट गरीदिन हुन धनकुटा नगरपालिका र धनकुटा अस्पतालाई विकास समितिलाई संघले अनुरोध गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।