८ वटा वडाका दीर्घ रोगीका घर-घरमै औषधी पुर्‍याउँदै पाख्रीबासका वडाध्यक्ष निरौला

धनकुटा । के पाख्रिवास नगरपालिका क्षेत्रभित्र कोही दीर्घ रोगी हुनुहुन्छ ? दीर्घ रोगीले लकडाउनका कारण नियमित औषधि सेवन गर्न नसक्दा समस्यामा पर्नु भएको त छैन ? यदी त्यस्तो हो भने अब चिन्ता मान्नु पर्दैन । पाख्रिवास नगरपालिका वडा नं ४ का वडाध्यक्ष सोवित निरौलाले दीर्घ रोगीहरुका लागि घरघर पुगेर औषधि वितरण पुर्‍याई रहेका छन् ।

उनले लकडाउनपछि नगर क्षेत्रभित्रका जुनसुकै स्थानमा रहेका दीर्घ रोगीहरुलाई चिकित्सकको सल्लाह अनुसारका औषधि घरघरै लगि दिने गरेका छन् । उनले पाख्रिवास नगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ६, ७ र ८ गरी अहिलेसम्म ८ वटा वडाका दीर्घ रोगीहरुलाई औषधि वितरण गर्दै आएका छन् ।

हालसम्म सम्पर्कमा आएका ८ वटा वडामा ४७ जना दैनिक औषधि सेवन गर्ने बिरामीहरु छन् । ती सबै विरामीहरु लकडाउनका कारण अस्पतालसम्म पुग्न नसक्दा समस्यामा पर्ने गरेका छन् । सम्पर्क आए जतिलाई जिल्लाका अन्य ठाउँका विरामीलाई औषधि घरमै पु¥याउँदै आएका छन् ।

उनले विरामीको औषधिको प्रकार हेरेर धरान, विराटनगर आदी ठाउँबाट खरिद गरेर घरघरसम्म पुर्‍याई दिन्छन् । ‘यो मेरो कर्तव्य पनि हो । लकडाउनका बेला समस्यामा परेका रोगीहरुलाइ घरघरमै औषधि लैजान थालेपछि दीर्घ रोगीहरुलाई सहज भएको छ’ उनले निशान न्युजसँग भने, ‘यो कामका लागि सहयोग गर्ने सुरक्षाकर्मीसहित सबै जना धन्यवादका पात्र हुनुहुन्छ, मैले त सानो प्रयास मात्र गरेको हुँ ।’

उनले औषधि किनेवापतको पैसा भने लिने गरेका छन् । दीर्घ रोगीले खाने औषधि बजारमा जसरी पाइन्छ, त्यसरी नै खरिद गरेअनुसारको पैसा लिन्छन् । जतिसुकै परे पनि ढुवानी खर्च चाँही आफैं बेहोर्ने गरेका छन् ।

आफ्नो नगर क्षेत्रभित्र कसैको घरमा विजुलीको मिटर फेर्नु परे वा नयाँ राख्नुपरे पनि पनि घरमै पुर्‍याई दिन्छन् । अनि गाउँबाट बजारसम्म आएर पैसा साट्न नपाउने जनताका लागि चेक साटेर घरमै पुर्‍याइ दिने गर्छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।