काठमाडौबाट आएका ९ गाडीका यात्रुहरुको स्वास्थ्य परीक्षणमा संलग्न थिईन धनकुटाकी सं,क्रमित नर्स

धनकुटा । कोरोना सं,क्रमणको पुष्टि भएकी जिल्ला अस्पताल धनकुटाकी नर्सले १५ दिन अघि काठमाडौबाट आएका ९ गाडीका यात्रुहरुको स्वास्थ्य परीक्षणमा संलग्न भएको खुलेको छ । जिल्ला बाहिरबाट आएका करिव ४ सय ५० जनाको स्वास्थ्य परीक्षणमा ती नर्ससहितको टोली सहभागी रहेको पाइएको छ ।

यस्तै धनकुटाको हिले बजारमा निर्माण हुँदैं गरेको ढल निर्माणका लागि सिरहा र सप्तरीबाट आएका मजदुरहरुको स्वास्थ्य परीक्षणमा पनि उनी सहभागी थिइन ।

जिल्ला अस्पताल धनकुटामा प्रसुती विभागमा कार्यरत ती नर्सबाट प्र,सुती गराएर हिजो मात्र दुर्ई जना विमारी डि,स्चार्ज भएका थिए । यस्तै ४ जना हाल पनि जिल्ला अस्पतालमा उपचाररत छन् । ६ जनालाई उनले नै धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरेकी थिइन ।

नर्सलाई कोरोना सं,क्रमणको पुष्टि भए पछि स्थानीय प्रशासनले धनकुटा नगरपालिका–७ नम्बर वडालाई चार किल्ला तोकेर हजिै शिल गरेको छ । जिल्ला प्रशासन कार्यालय धनकुटामा आइतबार आकस्मिक रूपमा सुर,क्षा प्रमुख तथा सरोकारवालाहरूसँग बैठक बस्दै अस्पताल क्षेत्रलाई शिल गर्ने निर्णय गरेको हो । उनीसँग उपचार गराएका र स,म्पर्कमा आएका व्यक्तिहरुको पहिचान गरि परीक्षण गरिने प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले जानकारी दिए ।

निर्णय बमोजिम धनकुटा–७ को त्रिवेणी गेटबाट बसपार्क, जीरोपोइन्ट, परिचय मोड, यलम्बर चोक, सिनेमा हलसम्मलाई चार किल्ला तोकिएको छ । यस क्षेत्रमा आवातजावत पूर्णरूपमा प्र,तिबन्ध गरिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।