धनकुटाका कोरोना संक्रमितको यात्रा विवरण छैन
धनकुटा खबर, ७ जेठ । धनकुटाको जिल्ला अस्पतालमा कोरोनाबाट सं,क्रमित स्वाथ्य कर्मि भेटिए संगै धनकुटामा पनि कोरोना भाइरसको सं,क्रमणको जोखिम उच्च भएको छ ।
जेठ ४ गते धनकुटा अस्पतालमा कार्यरत एक जना नर्समा कोरोना सं,क्रमण पुष्टी भएको थियो । त्यस पछि अस्पताल क्षेत्र सहित बजारका केहि क्षेत्र लाई सिल गरी गरीएको अस्तपालमा कार्यरत स्वाथ्यकर्मि र कर्मचारी गरी ८३ जनाको स्वाव संकलन गरी परिक्षण गर्दा रिपोट आएका ६५ मध्ये ५ जनामा कोरोना सं,क्रमण देखिए संगै धनकुटा जोखिम उच्च भएको हो ।
सं,क्रमित भनिएकी नर्स र अन्य सं,क्रमितहरुको लकडाउन अवधीभर कुनै यात्रा विवरण नभएकोले सं,क्रमण कहाँ र कसरी सर्यो भनेर भन्ने अवस्था नरहेको जिल्ला अस्पतालका धनकुटाका प्रमुख डा.पुजन विश्वकर्माले जानकारी भयो । अहिले जिल्ला अस्पताल लाई शिल गरीएको छ भने बजार क्षेत्रमा समेत हिडडुल गर्न कडाई गरिएको छ ।


