सांसद राजेन्द्र राईले धनकुटामा पठाए साँढे ६ लाखको औषधि !

काठमाडौं । धनकुटामा केही दिनदेखि लगातार कोरोना संक्रमण भेटिन थालेपछि त्रा,स फैलिएको छ । हालसम्म धनकुटामा ७ जनामा कोरोना संक्रमण देखिएको छ । धनकुटामा ७ जनामा कोरोना संक्रमण भेटिएसँगै धनकुटामा क,डाई गर्न थालिएको छ ।

धनकुटामा कोरोना संक्रमण बढ्दै गएपछि धनकुटाका प्रतिनिधिसभा सदस्य राजेन्द्र राईले आज साँढे ६ लाख रुपैयाँ बराबारको औषधि पठाएका छन् । संक्रमितको संख्या बढेपछि धनकुटामा स्वास्थ्य सामाग्रीको अभाव भएको छ ।

सो अभावलाई टार्न सांसद राईले आज भिटिएम (प्याकिङ मेटेरियलसहित) ५ सय थान, गान ५० थान, फेस सिल्ड १० पिस, सर्जिकल माक्स २ हजार थान, एन ९५ माक्स १ सय थान, सर्जिकल क्याप ५० थान धनकुटा पठाएका छन् ।

उनले जिल्लामा स्वास्थ्य उपचारमा सजिलो होस् भनेर पञ्जा २ सय जोर, सेफ्टी चस्मा ४० थान, सु–कभर ५० जोर र डिजिटल थर्माेमिटर १० थान जिल्ला पठाएका छन् । आफुले जिल्लाबाट माग भएअनुसार सबै औषधि पठाइएको बताए ।

जिल्ला अस्पतालका स्वास्थ्यकर्मि र सुर,क्षाकर्मीलाई नै कोरोना संक्रमण भटिएपछि धनकुटा अस्पताल पुग्ने जतिले पिसीआर टेष्ट गराउन आग्रह गरिरहेका छन् ।

सांसद राईले सम्भावित व्यक्ति र काठमाडौंबाट धनकुटा गएका सबैलाई पिसीआर प्रविधीबाट कोरोना संक्रमण टेष्टको तयारी भइरहेको बताए । उनले केही दिनभित्रै सबैको जाँच गरिने बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖