अम्पुन चक्रवातको प्रभाव धनकुटामा पनि, लगातार बर्षा
धनकुटा खबर, ८ जेठ । बंगलादेश र भारतको पुर्वी तटीय क्षेत्रमा विकसित भएको अम्पुन नामाकरण आँधी चक्रवातको प्रभावले धनकुटामा समेत बर्षा भएको छ ।
धनकुटामा हिजो देखि नै मौषममा परिवर्तन भएको थियो आज विहान बाट धनकुटाका प्रयः सबै स्थानमा सामान्य बर्षा भई रहेको स्थानियहरुले बताएका छन् ।
अम्पुनको प्रभाव प्रदेश न १ प्रदेश न २ बागमती प्रदेश लगायत अन्य क्षेत्रमा समेत यसको प्रभाव पर्ने जल तथा मौषम विज्ञान विभागले समेत जनाइ सकेको छ ।


