आजबाट तोडियो धनकुटा अस्पताल क्षेत्रमा गरिएको शिल
धनकुटा खबर, जेष्ठ ९ । धनकुटा अस्पताल क्षेत्रमा गरिएको शिल आज देखी तोडिएको छ । धनकुटा अस्पतालका स्वास्थ्यकर्मी मा कोरोना भाईरस संक्रमण पुष्टि भएपछि ४ दिन अघि देखी अस्पताल आसपासका क्षेत्रमा गरिएको शिल आजवाट खोलिएको हो ।
धनकुटा जिल्ला स्तरीय सिसि एम सि का संयोजक एवम् धनकुटाका प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीको अध्यक्षमा वसेको बैठकले अस्पताल परिसर वाहेक बजार क्षेत्रको शिल तोड्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रवक्ता जयराम श्रेष्ठले जानकारी दिनुभयो ।
औषधी लगायत अन्य अत्यावाश्यक समाग्रीहरुको अति आवाश्यक भएकोले जिल्ला अस्पताल परिषरमा शिल कायम राख्दै वरिपरी बजार क्षेत्रमा लगाएको शिल हटाईएको प्रशासनले जनाएको छ । प्रदेशबाट विशेषज्ञ सहित स्वास्थ्यकर्मीको टोली आएपछि केही दिन पछि स्वास्थ्यकर्मीहरुको निवासमा मात्र शिल गरेर अस्पतालमा लगाईएको शिल पनि हटाईने प्रमुख जिल्ला अधिकारी विमलीले वताउनु भयो ।
धनकुटा अस्पताल सञ्चालन गर्न आन्तरिक तयारी भैरहेको र प्रदेशबाट विशेषज्ञ र स्वास्थ्य कर्मीहरुको टोली आएपछि केही दिन भित्रै सञ्चालन गरिने धनकुटा अस्पतालकका प्रमुख डा। पुजन बिश्वकर्माले वताउनु भयो । उहाका अनुसार आज धनकुटाबाट स्वास्थ्यकर्मी,सुरक्षाकर्मी सहित ८४ जनाको पि सि आर परिक्षणका लागि पठाईएको छ ।
धनकुटामा टायम कार्ड लागु गर्दै खाद्यान्न,तरकारी र निर्माण समाग्रीहरुको पसल विहान ६ बजे देखी विहान ९ बजे सम्म मात्र विक्रि वितरणका लागि खुल्ला गर्ने र निर्माण समाग्रीहरु ढुवानी राती गर्ने र बालुवा गुढी,ढुंगाहरु भने दिउसो ढुवानी गर्ने निर्णय भएको धनकुटा उद्योग बणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताउनु भयो ।
अत्यावाश्यक,खाद्यान्न,तरकारी निर्माण समाग्रीहरु वाहेक अन्य सम्पूर्ण पसलहरु भने बन्द हुने अध्यक्ष विजय सन्तोषी राईले वताउनु भयो । धनकुटा जिल्लामा धनकुटा अस्पतालका चार जना स्वास्थ्यकर्मी, दुई जना सुरक्षाकर्मी, एक जना स्वास्थ्यकर्मीको आफन्तलाई गरी जम्मा ७ जनामा कोरोना भाईरस देखिएको छ ।


