लकडाउन थप कडा बनाईएपनि धनकुटाका घर-घरमा अत्यावश्यक सामाग्री

धनकुटा खबर, जेष्ठ १० । घर घरमा ताजा तरकारी तथा दुध लगायत अत्यावाश्यक सामाग्री उपभोक्ताहरुको घर घरमा पुर्याउने कार्यलाई धनकुटामा जारी राखिएको छ ।

जिल्लामा कोरोना भाईरस संक्रमण फैलिएसँगै लकडाउन थप कडा बनाईएपनि धनकुटा उद्योग बाणिज्य संघको समन्वयमा उपभोक्ताहरु घरघरमा ती सामाग्री पुर्याईउने कार्यलाई जारी राखिएको हो ।

कडा लकडाउनको अवस्थामा झन उपभोक्ता तरकारी तथा दूध लगायतका अत्यवाश्यक सामाग्री सहज रुपमा उपलब्ध होस् भन्ने लक्षका साथ व्यावसायीहरुले उपभोक्ताको घर घर मै ती सामाग्री पुर्याएर विक्रि वितरण गरेका हुन् ।

लकडाउनको पूर्ण रुपमा पालना गर्दै ४ वटा पिकअप गाडीबाट ताजा तकारी र दूध लगायतका समाग्री घरघरमा पुर्याएको उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिनुभयो ।

कृषकहरुले उत्पादन गरेको तकारी तथा दूध जस्ता समाग्री लकडाउनका कारण विक्रिवितरण गर्न समस्या भएको वेला संघले समन्वय गरी यस्तो काम गर्दा कृषकहरुलाई पनि केही राहत हुने र उपभोक्तालाई पनि सजहहुने भएपछि शूरु देखी नै रोटेशनको रुपमा यो अभियान सञ्चालन गरिएको संघले जनाएको छ । यो कार्यलाई थप तिव्रता दिईएको संघका महासचिव राम वहादुर गोङ्वाले वताउनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।