धनकुटाको पाख्रीबासमा रेविज विरुद्धको नि:शूल्क खोप लगाईदै

धनकुटा खबर, जेष्ठ ११ । धनकुटाको पाख्रीबास नगरपालिकामा सञ्चालित रेविज रोग विरुद्धको नि:शूल्क खोप (भ्याक्सिन) लगाउने अभियान जेष्ठ १४ गतेदेखी पून: सञ्चालन गरिने भएको छ ।

यसअघि नगरको १ देखी ५ नं वडा सम्मका घरपालुवा कुकुरलाई यो रोग विरुद्धको खोप लगाईसकिएकोमा धनकुटामा कोरोना भाईरस संक्रमण फैलिएपछि रोकिएको थियो ।

आर्थिक वर्ष २०७६/७७ को पशूशाखाको वार्षिक कार्यक्रम अन्र्तगतको यो अभियानमा जेष्ठ १४ देखी नगरको ६ देखी १० नं वडाका कुकुरहरुमा यो भ्याक्सिन लगाईने पशुशाखा प्रमुख गोरखमान तामाङ वताउनुभयो । यसवर्ष नगरको झण्डै १५ सय घरपालुवा कुकुरलाई यो रोग विरुद्धको भ्याक्सिन लगाउने लक्ष छ ।

पशुबाट मानिसमा सर्ने रोगवाट वच्न कुकुरमा यो भक्सिन लगाउन आवश्यक रहेको प्रमुख तामाङ वताउनुभयो । यो भ्याक्सिन लगाउन पशुशाखा प्रमुख सहित ८ जना प्रविधिक टोली सामाजिक दूरी कायम राख्दै वडा वडामा खटिएकाछन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।