नेपाली साहित्यको परिभाषामा सुधार तथा भाषाकै नाम खसजुम्ली राख्नुपर्ने तिगेलाको जिकिर

बेलायत । गत २३ मे २०२० का दिन नेपाली साहित्यका अध्येयता विश्वास दीप तिगेलाले नेपाली साहित्यको परिभाषा र भाषाकै नाम परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको विचार राखे ।

ग्लोबल नेटवर्कको भर्चुवल नियमित ५ औं श्रृंखला कन्फिरेन्समा तिगेलाले प्रिजेन्टेशन गर्दै उक्त कुरा बताएका हुन । तिगेलाले भाषाको नाम नेपाली राखिनुले नेपालका अन्य भाषीहरुको मनोविज्ञानमा असर भएको र नेपाली पहिचान भएका भारत, भुटान र वर्माका नागरिकहरुमा भाषिक हिं,सा भएको कुरा तथ्य सहित प्रस्तुत गर्दै समाधानको लागि भाषाको नाम नेपालीको सट्टा खसजुम्ली भन्नु उपयुक्त हुने आधार प्रस्तुत गरे साथै नेपाल भित्र बोलिने सबै मातृभाषाहरुको साहित्य संमग्रमा नेपाली साहित्य भनी परिभाषा गर्नुपर्ने पनि जिकिर गरे । त्यस्तैगरि विकल्पको रुपमा नेपाल भित्रका सबै भाषाहरुको साहित्य भनी जनाउन नेपालिय साहित्य भन्न सकिने पनि तर्क प्रस्तुत गरे ।

तिगेलाको प्रस्तुती पछि भाषाविद अमृत योन्जनले यो बेग्लै पाटोको विषय बहसमा आउनु नयाँ र महत्वपूर्ण भएको बताउनु भयो । प्राध्यापक बालकृष्ण माबोहाँङले अघोषित भाषिक समस्याको उठान हुनु आवश्यक रहेको बताउनु भयो । तिगेलाको प्रस्तुती माथि खुसि लिम्बु, प्रमोद श्रेष्ठ (युएई), अमित थेवे (युके), साङसेन पन्धाक, मुनाराज शेर्मा, मनोज घर्तिमगर, टेक बहादुर थापा, लिलासेलिङ माबो, डा. निमेश लम्साल, धनराज लिम्बु (साउदी), पदम चेन्जी लगायत डेड दर्जनले जिज्ञासा सहित प्रश्न र सुझाव दिएका थिए । कन्फिरेन्समा विभिन्न मुलुकबाट चार दर्जन सहभागी थिए ।

उठेका प्रश्नहरुको उत्तर दिदै आफ्नो दुई कार्यपत्रको सांरास प्रस्तुत गरेको र आफ्नो प्रकाशन्मुख पुस्तकमा समेटिने तिगेलाले बताए । अमेरिकाको म्यासच्युट युनिभर्सिटी मातहत डा. मारुहाँङ लिम्बुको संयोजनमा आयोजित कन्फिरेन्स करिब दुई घण्टा चलेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।