लकडाउनलाई प्रभावकारी बनाउन धनकुटामा टायम कार्ड – पूर्ण रुपमा पालना गर्न सबैलाई अनुरोध

धनकुटा १३ जेष्ठ, लक डाउनका सयममा दैनिक उपभोग्य तथा अत्यावाश्यक समाग्रीहरु खरिद तथा विक्रि गर्न तोकिएको टायम कार्ड पूर्ण रुपमा पालना गर्न धनकुटा उद्योग बाणिज्य संघले आज विज्ञप्ती प्रकाशित गरी सवैलाई आव्हन गरेको छ ।

लकडाउनलाई प्रभावकारी बनाउन धनकुटामा टायम कार्ड लागु गरिएको भएता पनि केही व्यावसायीहरुले पालना नगरेको पाईएकोले सबैलाई अनिवार्य रुपमा पालना गर्न संघका अध्यक्ष विजय सन्तोषी राईले विज्ञप्ती प्रकाशित गरी सवैलाई आव्हन गरेको हो ।

धनकुटा जिल्लामा कोरोना भाईरस थप फैलन नदिन र लक डाउनलाई प्रभावकारी बनाउनका लागी दैनिक उपभोग्य तथा अत्यावाश्यक वस्तु तथा समाग्रीहरुको विक्रि वितरणलाई व्यवस्थित बनाउनका लागी प्रत्येक दिन विहान ६ बजे देखी बिहान ९ बजे सम्म गरी दिनको ३ घण्टा समय तोकीएकोले उक्त समयमा मात्र माश्क, सेनिटाईजर लगाएर र लगाउन दिएर सामाजिक सुरक्षा दुरी अनिवार्य कायम गरेर मात्र विक्रिवितरण गर्न र खरिद गर्न सम्वद्ध सवै पक्षलाई संघले अनुरोध गरेको छ ।

दैनिक उपभोग्य समाग्री तथा अत्यावाश्यक वस्तुहरु विक्रि वितरण र खरिद गर्न किराना पसल,तरकारी पसल र निर्माण समाग्रीहरु सम्वद्ध पसलहरु मात्र उक्त समयमा खुल्ला रहने र अन्य सम्पूर्ण पसलहरु भने बन्द गर्न गरी सयहोग गर्न समेत संघले सवै व्यावसायीहरुलार्ई हार्दिक अनुरोध गरेको छ ।

खाद्यान्न,तकारी लगायत दैनिक उपभोग्य तथा अत्वाश्यक समाग्रीहरु ढुवानी गर्न पास नचाहिने सहज रुपमा ढुवानी गर्न पाईने निर्माण समाग्रीहरु भने सडकमा चाप नहोस भन्ने उदेश्यले रातको समयमा मात्र ढुवानी गर्ने व्यवस्था गरिएको समेत उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।