पाटन अस्पतालमा नियमित सेवाका बिरामी बढ्दै

-सञ्चिता घिमिरे

काठमाडौँ । कोभिड–१९ को ‘हब’ अस्पतालका रुपमा रहेको पाटन अस्पतालमा अरु रोगको उपचारका लागि आउनेको सङ्ख्या बढिरहेको छ । बन्दाबन्दीको पहिलो केही सातासम्म दैनिक झण्डै १५० जना उपचारका लागि आएकामा अहिले त्यो सङ्ख्या तीनदेखि चार सय पुगेको छ ।

बन्दाबन्दीको दुई महिना बित्दा नियमित सेवाका लागि आउने बिरामी बढिरहेको अस्पतालका निर्देशक विष्णुप्रसाद शर्माले बताए । काठमाडौँ उपत्यकामा बिरामीको चाप उच्च रहने अस्पतालमध्ये यो पनि एक हो । सामान्य अवस्थामा दैनिक झण्डै दुई हजार बिरामी आउँछन् । उनले भने, ‘लकडाउन लम्बिरहँदा नियमित सेवाका सबै खालका बिरामी बढिरहेको छ ।’

अस्पतालमा प्रसूति सेवा र गर्भवती नियमित जाँचका लागि आउनेको सङ्ख्या बढिरहेको छ । बन्दाबन्दीको शुरुका दिनदेखि नै अस्पताल आउने गर्भवतीको जाँच गरिरहेको छ । अहिले दैनिक सातदेखि १२ महिलाले सन्तानलाई जन्म दिइरहेका छन् । यो सङ्ख्या सामान्य अवस्थाकै हाराहारीमा भएको अस्पतालले जनाएको छ ।

अस्पतालले बन्दाबन्दीको शुरुदेखि नै कोभिड–१९ का स,ङ्क्रमितको उपचारसँगै नियमित सेवाका लागि आउने बिरामीको उपचार गरिरहेको छ । अस्पतालले कोभिड–१९ का सम्भावित बिरामीलाई ‘आइसोलेशन श्यया’ मा राखेर उपचार गरिरहेको छ । बन्दाबन्दीका कारण बिरामीलाई अस्पतालसम्म आउन सहज नभएकाले केही सङ्ख्या घटे पनि अहिले पुनः बढिरहेको निर्देशक शर्माले बताए । उनले भने, ‘बिरामीको सङ्ख्या सामान्य अवस्थाभन्दा कम भए पनि सबै खालका बिरामी आइरहेका छन् ।’

अस्पतालले सङ्क्रमित व्यक्तिलाई उसको अवस्थाअनुसार उपचारका लागि तयारी गरेको छ । रुघाखोकी र ज्वरोका कुनै बिरामी अस्पताल पुगेपछि उसलाई छुट्टै राख्ने श्यया (आइसोलेशन वार्ड) छ । त्यही बिरामीको परीक्षण हुन्छ । परीक्षणमा पोजेटिभ देखिँदा ती व्यक्तिलाई राख्न अस्पतालमा छुट्टै १५ श्ययाको व्यवस्था छ । पहिले पिसिआर प्रविधिबाट परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउने गरिएकामा अहिले अस्पतालमै परीक्षण हुन्छ ।

अस्पतालमा २० वटा सघन उपचार कक्ष छन् । कतिपय श्ययामा अहिले अरु रोगका बिरामी रहेका छन् । अरु रोगका बिरामीलाई व्यवस्थापन गर्दै कक्ष आवश्यक पर्दा कोभिड–१९ का गम्भीर खालका बिरामीलाई उपचार गर्ने तयारी छ । तत्काललाई अस्पतालले गरेको व्यवस्थापन अपर्याप्त नभएको निर्देशक शर्माले बताए । भविष्यमा महामारीकै अवस्था आउँदा अपर्याप्त हुनसक्ने भए पनि अहिलेको अवस्था पर्याप्त हुने देखिएको छ । जिल्लामा रहेका अस्पतालले उपचारका लागि तयारी अवस्थामा रहनुपर्ने उनले बताए ।

अस्पतालले कोभिड–१९ का स,ङ्क्रमित आउनु पहिलेदेखि नै आवश्यक तयारी गरिरहेको थियो । अहिले पनि पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिइ) बनाउने, अस्पताल हातामा निसङ्क्रमित गर्ने, गेटबाट नै स्वास्थ्य परीक्षणलगायतका काम गरिरहेको छ ।

अस्पतालले यहाँ कार्यरत चिकित्सकको सुरक्षाका लागि आफैँले पिपिइ बनाइरहेको छ । यहाँ उत्पादित पिपिइमध्ये धेरै प्रयोग भइरहेको र कतिपय आगामी दिनमा प्रयोग गरिने अस्पताल प्रशासनले जनाएको छ । ‘पिपिइ’ अभावको अवस्था आउन नदिन अस्पतालले आफैँ निर्माण शुरु गरेको निर्देशक डा शर्माले बताए ।

अस्पतालमा अहिले सङ्क्रमित नौ र छ जना आइसोलेशनमा छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग र पाटन अस्पतालले समन्वयमा बिरामी उपचार गर्दै आएको छ । केही दिन पहिलेमात्रै यस अस्पतालमा एक कोभिड–१९ स,ङ्क्रमितको शल्यक्रियासमेत भएको थियो । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।