धनकुटामा टायम कार्ड पालन भएन – चहल पहल समेत बढ्दै
धनकुटा खबर । प्रशासन उद्योग वाणिज्य संघ लगायतका सघ संस्थाहरुले लकडाउनका सयममा दैनिक उपभोग्य तथा अत्यावाश्यक समाग्रीहरु खरिद तथा विक्रि गर्न विहान ६ बजे देखी बिहान ९ बजे सम्मसमय तोकीएको भए पनी टाइम कार्ड पालना हुन सकेको छैन् ।
धनकुटा जिल्लामा पनि कोरोना संक्रमण देखा पर्न थालेपछी लकडाउनलाई प्रभावकारी बनाउन धनकुटामा टायम कार्ड लागु गरिएको भएता पनि व्यावसायी र सर्वसाधारणले समेत यसलाई अटेर गर्ने गरेका छन् ।
किराना पसल, तरकारी पसल र निर्माण समाग्रीहरु सम्वद्ध पसलहरु मात्र उक्त समयमा खुल्ला रहने र अन्य सम्पूर्ण पसलहरु भने ब,न्द हुने भनिए पनि प्राय सबै खाले पसल खुल्ने गरेका छन् ।
सडक र अन्य स्थानमा समेत सर्वसाधारणको आवत जावत निकै बाक्लो हुन थालेको छ । धनकुटाबाट कोरोना परिक्षणका लागि पठाएका नमुना नेगेटिभ आउन थाले संगै बजार क्षेत्र लगायत अन्य स्थानमा सर्बसाधारणको चहलपहल वढेको हो ।


