धनकुटाको पाख्रीवासस्थित मुगाका लकडाउन प्रभावित परिवारलाई सहयोग
धनकुटा खबर । धनकुटाको पाख्रीवास नगरपालिका स्थित मुगाका लकडाउन प्रभावित परिवारलाई सहयोग प्राप्त भएको छ ।
नोवेल कोरोना भाईरस कोभिड १९ को संक्रमण नियन्त्रणका लागि आह्वान गरिएको लकडाउनको कारण प्रभावित भएका त्यहाँका दैनिक ज्यालादारी काम गर्ने अति विपन्न परिवार सहित एकल तथा सुत्केरी महिलाहरुलाई गिरिजाप्रसाद कोईराला फाउन्डेसन प्रदेश १ र गिरिजाप्रसाद कोईराला फाउन्डेसन जापानले संयुक्त रुपमा सहयोग गरेको फाउण्डेशन प्रदेश १ का अध्यक्ष ईन्दिरा थापाले जानकारी दिनुभयो ।
उनिहरुलाई फाउण्डेशनको तर्फबाट प्रतिपरिवार २५ के जि चामल सहित साबुन र नुन लगायतका सामाग्री र समाजसेवि देबकिसन मुन्दराको सहयोगमा प्रत्येकलाई ३,३ के जि दाल र २,२पाकेट खाने तेल सहयोग प्रदान गरिएको छ । सुत्केरी महिलाहरुलाई लक डाउन अवधि भर निरन्तर सहयोग वितरण गरिने फाउण्डेशनले जनाएको छ।


