अवसरको सही कार्यन्वयन गर्न नसक्दा दिनप्रतिदिन चु,नौती बढ्दै गयो
धनकुटा खबर, जेष्ठ १५ । लोकतान्त्रिक गणतन्त्रमा अवसरको सही कार्यन्वयन गर्न नसक्दा दिनप्रतिदिन चुनौती बढ्दै गएको एक गोष्ठिका सहभागीहरुले वताएकाछन् । गणतन्त्र दिवसको अवसरमा आज नेपाली कांग्रेस धनकुटाले प्रविधिमैत्री जुमको प्रयोग गर्दै आयोजना गरेको लोकतान्त्रिक गणन्त्रात्मक संविधानको कार्यन्वयनमा चुनौती र अवसर विषयक विचार गोष्ठीका सहभागीहरुले त्यस्तो वताएका हुन् ।
गोष्ठिमा पार्टीका आमन्त्रित केन्द्रिय सदस्य एवम् संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठले जनताको वलिदानबाट प्राप्त गणतन्त्रमा धेरै अवसर हुँदाहुदै पनि यसको सही कार्यन्वयन हुन नसक्दा चुनौती मात्र आईरहेको वताउनु भयो । त्यस्तै पार्टीका जेष्ठ सभाका केन्द्रिय सदस्य अजित नारायण सिंह थापाले लोकतान्त्रिक गणतन्त्रको भावना अनुरुप संविधानको कार्यन्वय गर्न सके मात्र मुलुकको समृद्ध हुने वताउनु भयो ।
नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न गेष्ठीमा सहभागीहरुलाई सरकार एक्लैले कुनै पनि हालतमा अव संविधानको कार्यन्वयन गर्न नसक्ने भन्दै सवै सँग सहकार्य एकता र समहतीका साथ संविधान कार्यन्वयन गर्नु पर्नेमा जोड दिएका थिए । उनिहरुले संविधान कार्यन्वयनका लागि प्रतिपक्षि नेपाली कांग्रेस पनि अग्रसर हुनुपर्ने वताएका थिए ।
गोष्ठिको उदेश्य पार्टीका जिल्ला कार्य समितिका सदस्य नेपालधन राईले प्रकाश पार्नु भएको थियो । भने पूर्व जिल्ला सभापति हरी अधिकारी,जिल्ला सचिव विजय सन्तोषी राई,रविन्द्र नेपाली,कोषाध्यक्ष दिनेश राई,पूर्व जिल्ला सहसचिव राजन पौडेल,धनकुटा— काठमाण्डौ सम्पर्क समिति सभापति भीम थापा लगायत १ सय जना बढीले गोष्ठिमा सहभागिता जनाएका थिए ।


