गणतन्त्र दिवसः धनकुटा र हिलेमा दिपावली गरियो
धनकुटा खबर, जेष्ठ १५ । आज गणतन्त्र दिवस, यो दिवसको अवसरमा आज साँझ धनकुटा र हिले बजारमा दिपावली गरिएको छ ।
उद्योग बाणिज्य संघ धनकुटाको आयोजनामा धनकुटाको हुलाकटोल स्थित चुवाको वोट “ग्रिन पार्क” र हिले बजारको “बुद्धचौक” मा दीप प्रज्वलन गरिएको हो । गएका वर्षहरुमा जस्तो यो वर्ष गणतन्त्र दिवसको अवसरमा धनकुटामा खास औपचारिक कार्यक्रमहरु नभएपनि उद्योग वाणिज्य संघले भने लोकतान्त्रिक गणतन्त्रको कार्यन्यवन गरी मुलुकलाई आर्थिक हिसावले समृद्ध बनाउन शूभकामाना आदन प्रदान गर्दै मनाएको हो ।

ग्रीनपार्कको दिप प्रज्वलनको शुभारम्भ गर्दै संघका अध्यक्ष विजय सन्तोषी राईले कोरोना भाईरसबाट संकटमा पर्दै गएको आर्थिक क्षेत्रलाई माथि उकास्न सवै लाग्नु पर्नेमा जोड दिनुभएको थियो । त्यस्तै नेपाल रेडक्रस शोसाईटी प्रदेश १ का सभापति नरेन्द्र पोखरेल, ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्का, धनकुटा उद्योग बाणिज्य संघका कोषाध्यक्ष रुपेश श्रेष्ठ लगायत उद्योगी,व्यावसायीहरुले शूभकामना आदन प्रदान गरेका थिए ।
बुद्धचौक हिलेमा गरिएको दीप प्रज्वलनमा सहभागीहरुले कोरोनाबाट संकटमा परेको उद्योग,व्यापारलाई माथि उठाउने खालको विशेष प्याकेज सहितको योजना ल्याउन सरकार समक्ष माग गरेका थिए । धनकुटा नगरपालिका वडा नं १ का वडाध्यक्ष निरेन तामाङ्ग,उद्योग बाणिज्य संघका उपाध्यक्ष खगेन्द्र विष्ट लगायत हिले बजारका उद्योगीरुव्यापारी व्यावासीहरुले दिप प्रज्वलित गर्दै गणतन्त्र दिवसको शूभकामना आदन प्रदान गरेका थिए ।


