बजेटमा धनकुटालाई नसमेटेको भन्दै धनकुटेली आ,क्रोसित

धनकुटा खबर । सकारले प्रस्तुत गरेको बजेटमा धनकुटालाई नसमेटेको भन्दै धनकुटेलीले आ,क्रोस पोखेका छन । प्रविधिको प्रयोगगर्दै जुम मार्फत गरिएको बजेट सम्वन्धि अन्र्तक्रिया तथा छलफलमा सरकारले प्रस्तुत गरेको बजेटमा धनकुटाका लागि कुनै नयाँ र ठूला योजनाहरु नल्याई धनकुटालाई उपेक्षा गरिएको भन्दै आ,क्रोस पोखेका हुन् ।

छलफलमा पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य संविधान सभा सदस्य महेन्द्र यादवले सरकारले प्रस्तुत गरेको बजेट म,हत्वकांक्षी र यथार्थ परक नभएको वताउनुभ भयो ।

नेपाल तरुण दलका पूर्व केन्द्रिय अध्यक्ष समेत रहनु भएका पूर्व मन्त्री यादवले सरकारले त्यस्तो कुनै नौलो किसिमको बजेट नल्याएको भन्दै अव कोरोनाका कारण लाखौ यूवा बेरोजगार हुने भएकाले यूवाहरुलाई रोजगार स्थापना गर्ने बिशेष योजना सहितको बजेट ल्याउनु पर्ने मा त्यस्तो किसिमको बजेट नआएको टिप्पणी गर्नुभयो ।

स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन प्रवद्र्धन गर्ने र रोजगार तथा स्वरोजगार स्थापना गर्ने योजना सहितको बजेट ल्याउनु पर्नेमा त्यस तर्फ नसमेटेको उल्लेख गर्दै उहाँले बजेट चुनावमुखी जस्तो भएको वताउनु भयो । साथै भारतले अ,तिक्रमण गरेको नेपालको भूमी फिर्ता ल्याउन नेपाली कांग्रेसले कुटनितिक पहल गर्ने वताउदै उहाँले सरकार भने त्यस तर्फ गम्भिर नभएको आ,रोप समेत लगाउनु भयो ।

त्यस्तै नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठले बजेटले नेपाली जनतालाई समेट्न नसकेको भन्दै वर्तमान सरकार हेरक क्षेत्रबाट असफल भएको र सरकार एक पछि अर्को च,क्रब्यूहमा आफै फस्दै गएको वताउनु भएको पार्टीका जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖