सोती घ,टनामा कडा का,रबाहीको माग गर्दै दलित समाज धनकुटाले प्रधानमन्त्रि कार्यालयलाई ज्ञापनपत्र पठायो

धनकुटा खबर । कर्णाली प्रदेश पश्चिम रुकुम चौरजहारी सोतीमा ५ जना युवाको ह,त्याको विषयलाई लिएर दो,षीलाई कडा का,रवाहीको माग गर्दै दलित एकता समाज धनकुटाले आज प्रधानमन्त्रि कार्यालयलाई ज्ञापनपत्र पेश गरेको छ ।

जिल्ला प्रशासन कार्यलय धनकुटा मार्फत समाजले दिउँसो प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र पठाएको हो । संयुक्त राजनैतिक दलित संर्घष समितिको आयोजना तथा दलित एकता समाज धनकुटाको संयोजनमा जिल्ला प्रशासन कार्यलय पुगेको टोलिले प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीलाई ज्ञापन पत्र पेश गरेको दलित एकता समाज धनकुटाका पूर्व संयोजक कोपिला शंकरले वताउनुभयो ।

ज्ञापन पत्र वुझ्दै प्रमुख जिल्ला अधिकारी विमलीले पत्र चाडै प्रधानमन्त्री कार्यलय सम्म पुर्याउन सहयोग गर्ने वताउनुभएको थियो । गैरदलित युवतीसँग दलित युवाले प्रेम विवाह गर्न खोजेको विषयलाई लिएर गत जेष्ठ १० गते कर्णाली प्रदेश पश्चिम रुकुम चौरजहारीमा ५ जना युवाको सा,मुहिक ह,त्या भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।