भोजपुरमा फौजी किराको प्रकोपले मकैबाली नष्ट

भोजपुर, १७ जेठ । फौजी किराको प्रकोपले मकैबाली नष्ट भएपछि भोजपुरका किसान चिन्तित भएका छन् । जिल्लाको टेम्केमैयुङ गाउँपालिकाको कोट, गोगने, पौवादुङमा गाउँपालिकाको च्याङग्रे, तिवारीभञ्याङ, अरुण गाउँपालिकाको विभिन्न वडामा किसानले लगाएको मकैबालीमा अमेरिकन फौजी किराको प्रकोप बढेको हो ।

गोडिसकेको मकैको किराले हरियो गुबो खाएर सखाप बनाएको टेम्केमैयुङ गाउँपालिका वडा नं ७ का किसान विजयकुमार राईले बताए । राईले भने, “हाम्रो क्षेत्रमा फौजी किराले मकैबाली नष्ट बनाएको छ, यसरी नै किराको प्रकोप बढ्दै जाने हो भने आगामी वर्षलाई बीउको समेत समस्या हुने छ ।”

सोही गाउँपालिकाका वडाध्यक्ष सूर्य नेपालका अनुसार वडा नं ७ कोटमा करिब १०० बढी किसानले लगाएको बालीमा किराको प्रकोप रहेको छ । दैनिकजसो यसको प्रकोप बढिरहेको नेपालले जानकारी दिए ।

वडाध्यक्ष नेपालले भने, “हाम्रो गाउँपालिकाको वडा नं ६, ७, ९ मा फौजी किराको प्रकोप बढेको छ, यसको रोकथामका लागि के गर्न सकिन्छ भनेर मैले गाउँपालिका अध्यक्षलाई जानकारी गराएको छु मेरो वडामा मात्र १०० बढी किसानको मकैबालीमा किराको प्रकोप देखिएको छ ।”

फौजी किराले बाली नष्ट गरेपछि अरूण गाउँपालिकाको वडा नं १ याङपाङले किसानलाई फौजी किरा मार्न औषधि वितरण शुरु गरेको जनाएको छ । फौजी किराका कारण सबै मकैबाली नष्ट हुने स्थिति देखिएकाले औषधि खरिद गरी ६१० घरधुरीलाई वितरण गरिएको वडाध्यक्ष नगेन्द्र खत्रीले बताए । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।