धनकुटाको हिलेमा भ्यूटावर निमार्ण कार्य सुरु

धनकुटा खबर । धनकुटानगरपालीकोे पर्यटन प्रवद्धन तथा पर्यटन विकासका लागि पूर्वाधार निमार्ण कार्यक्रम अन्तरगत पर्यटकिय स्थल वडा नं १ हिलेबजारमा भ्यूटावर निमार्णकार्य सुरु भएको छ ।

प्रदेश अन्तरगत नगरपालीकाको चालु आर्थीक वर्षमा हिले भ्यूटावर निर्माणका लागि छुट्याइएको ४० लाख योजनाको काम अगाढी बढेको हो । यही असार मसान्त सम्ममा ४० लाख बजेटको काम सम्मपन्न गर्नु पर्ने भएकाले तिब्ररुपमा काम अगाढी बढिरहेको हिले भियूटावर निर्माण समितिका अध्यक्ष सन्जीव तितुङ तामाङले जानकारीदिनुभएको छ । उहाँले अहिले ५० प्रतिशत काम सम्पन्न भएको बताउनु भयो ।

भ्यूटावर जाने रेलिङ गरेको सिडिबाटो र फूलबारी सहितको तिन तला सिमेन्ट ढलाइ र दुइतला मान्छे रमित हेर्ने बस्नका लागि वरिपरि सिसा लगाएर ५ तलाको भ्यूटावर निमार्ण हुने छ । भ्यूटावर निर्माणको कुल लागत भने दुइकरोड ३५ लाख रहेको र यस चालु आर्थीक वर्षको ४० लाख बाट टावरको तिन तला उठाउने योजना रहेको छ ।

त्यस्तै २०७७।७८ को बजेट मार्फत भ्यूटावर दुइ तलामा सिसा लागाउने मार्वल बिछाउने र फूलबारी निर्माणलगायत सम्पूर्ण निमार्णकार्य सम्पन्न गरी सञ्चालनमा ल्याउने योजनारहेको समितिका अध्यक्ष सन्जीव तितुङ तामाङले बताउनु भयो ।

त्यस्तै गरी कामदारहरु नगरपालीका भित्रका स्थानिय मात्र रहेको जानकारीदिनुभएको छ । लकडाउनको समयमा कामदारहरुले रोजगारी पाएकाछन् भने यता वडाका योजनाका काम सम्पन्न गर्न पनि कामदार टाढा बाट ल्याउनुपरेकाे छैन। कामदारहरुको स्वास्थ्यजाँचका साथ काम गर्ने स्थलमा शिल गरी सामाजिक दुरी कायम गरेर काम भइरहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।