धनकुटाका ३३ जना सञ्चारकर्मीहरुको कोरोना बिमा

धनकुटा खबर । धनकुटामा फ्रन्ट लाईनमा काम गर्ने ३३ जना सञ्चारकर्मीहरुको कोरोना बिमा गरिएको छ । नेपाल पत्रकार महासंघ धनकुटा शाखाको अनुरोधमा जिवनलाई नै अत्यन्त जोखिममा राखेर फ्रन्ट लाईनमा काम गरिरहनु भएका धनकुटा जिल्लाका ३३ जना पत्रकारहरुको जनज्योती बचत तथा ऋण सहकारी संस्था धनकुटाले एन एल जी इन्स्योरेन्स कम्पनीमा कोरना बिमा गरिदिएको सो सहकारी संस्थाका अध्यक्ष तथा धनकुटा नगरपालिका वडा नं. ३ का निर्वाचित वडाध्यक्ष विकास घिमिरेले वताउनु भयो ।

नेपाल पत्रकार महासंघ धनकुटा शाखाका पूर्व अध्यक्ष तथा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राई, प्रदेश सदस्य सन्तोष रुचाल, शाखा सचिव विदुर खवास, सहसचिव हरी बहादुर लम्जेल, फोनिजका अध्यक्ष सन्तवीर लामा, पत्रकारहरु पूर्ण चौधरी, सरिता राई, इश्वर थापालगायतका सञ्चारकर्मीहरुको उपस्थितमा सहकारी संस्थाका अध्यक्ष विकास घिमिरे कोषाध्यक्ष मञ्जु आर्चाय र एन एल ली इन्स्योरेन्स कम्पनी धनकुटा शाखाका प्रुमख सन्तोष राईले नेपाल पत्रकार महासंघ धनकुटा शाखाका उपाध्यक्ष नगेन्द्र राईलाई कोरोना बिमाको बिमित फाइल हस्तान्तरण गर्नु भएको थियो ।

पत्रकारहरुको कोरोना बिमा गरि संकटमा सहयोग गरिदिएकोमा जन ज्योती बचत तथा ऋण सहकारी संस्था धनकुटालाई धन्यवाद महासंघले धन्यवाद दिएको छ । सहकारीका अध्यक्ष विकास घिमिरेले सहकारी संस्थाले धनकुटाका संचारकर्मीलाई सहयोग गर्नु पाउदा अत्यन्तै खुशी लागेको वताउनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।