कांग्रेस धनकुटाको प्रविधिमैत्री जुममा सिर्जना प्रस्तुती
धनकुटा खबर । नेपाली कांग्रेस धनकुटाले आज प्रविधिमैत्री जुम मार्फत सिर्जना प्रस्तुती कार्यक्रमको आयोजना गर्यो । कोरोना भाईरस संक्रमण नियन्त्रणका लागि आह्वान गरिएको लकडाउनको समयमा पनि धनकुटा सहित विभिन्न स्थानका व्यक्तिमा रहेको प्रतिभा एकअर्का वीच प्रस्तुत गर्न कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको शुभारम्भ गर्दै संविधान सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रिय आमन्त्रित सदस्य मनोहर नारायण श्रेष्ठले लक डाउनको समयमा पनि इन्टरनेटको माध्यमबाट प्रविधिमैत्री जुम मार्फत आयोजना गरिएको प्रतिभा प्रस्तुत कार्यक्रमले लुकेर रहेका प्रतिभा प्रष्फुटन हुन पाउनुका साथै व्यक्तित्व र क्षमता विकास हुने वताउनु भयो । सिर्जना प्रस्तुती कार्यक्रममा सहभागीहरुले गीत, कविता, मुक्तक, भजन, पिस, लगायत आ आफ्नो रचना र सिर्जना प्रस्तुत गरेका थिए ।
कार्यक्रमका स्वागत मन्तव्य नेपाली काग्रेसका कोषाध्यक्ष दिनेश राईले राख्नुभएको थियो थियो भने कार्यक्रमको उदेश्य जिल्ला सदस्य निर्मल ओझाले प्रकाश पार्नु भएको थियो । नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेलको अध्यक्षतमा सम्पन्न कार्यक्रमको सहजीकरण जिल्ला सविच विजय सन्तोषी राई र सदस्य सुमना तिम्सिनाले गरेका थिए ।


