दाङमा युएस–३१२ धानको बीउ अ भाव

नारायणपुर, जेठ २१ गते । कोरोना स,ङ्क्रमण नि,यन्त्रणका लागि सरकारले गरेको ब न्दाबन्दीका कारण बजारमा अत्यधिक माग हुने धानको बीउ अभाव देखिएको छ । अहिले दाङ जिल्लामा युएस ३१२ हाइब्रिड धानको बीउ कृषकको रोजाइँमा पर्ने गरेको छ । अन्य धानको तुलनामा छिटो पाक्ने, पानी कम हुने जमिनमा पनि उब्जाउ हुने, उत्पादन पनि स्थानीय जातको धानभन्दा झण्डै दोब्बर बढी हुने हुँदा यो धान कृषकको रोजाइँमा परेको हो ।

कृषकको अत्यधिक माग रहेको यो धानको बीउको अभावले कृषकमा चि,न्ता देखिएको छ । “धानको ब्याड राख्ने बेला भइसक्यो तुलसीपुर बजारभर युएस–३१२ हाइब्रिड धानको बीउ खोजेकतै पाइएन”, तुलसीपुर–७ घुसेरीका कृषक टोपबहादुर विकले भन्नुभयो । अझै १२÷१५ दिनसम्ममा धानको बीउ बजारमा नआए खेत बाँझै हुने हो कि भन्ने चिन्ता कृषकमा छ ।

त्यस्तै घोराही–६ लखवारकी कृषक सीता नेपालीेले पनि एक हप्ता पहिले बजारमा आएर सम्पूर्ण एग्रोभेट पसलमा धानको बीउ खोज्दा कतै पाउनुभएन । उहाँले भन्नुभयो, “फेरि आजसम्म आयो कि भनेर आएको हुँ, आज पनि पाइएन ।” अरु धान आफ्नो खेतमा सोचेअनुसारको उत्पादन नहुने भएकाले अझै पनि युएस–३१२ कै बीउलाई नै पर्खने उहाँले बताउनुभयो ।

तुलसीपुरमा लामो समयदेखि बिटी एग्रोभेट सञ्चालन गर्दै आउनुभएका निर्मल आचार्यले जिल्लामा युएस–३१२ धानको बीउ लकडाउन हुनुअघि ६०० क्विन्टल भित्रिएको बताउनुहुन्छ । तर, अझै २० प्रतिशत कृषकलाई अपुग भएको अनुमान उहाँको छ । घोराहीको सौर्य एग्रोभेटका सञ्चालक हीरालाल थापाले यो धानको बीउ विगतमा ७० देखि ८० क्विन्टल बेच्ने गरेकामा यो वर्ष ४५ क्विन्टल मात्र आएको र सबै बिक्री भएको बताउनुहुन्छ ।

उहाँले युएस–३१२ को विकल्पमा अन्य प्रजातिका हाइब्रिड धानको बीउ रहेकाले कृषकलाई नआत्तिन थापाले सुझाव दिनुभएको छ । युएस–३१२ बीउ धान उत्पादक कम्पनी नेपालका मध्यपश्चिम बिक्री प्रमुख बालकृष्ण लामिछानेका अनुसार कम्पनीमा मौज्दात सकिएकाले धानको बीउ नआएको हो । “आवश्यकतानुसार गत वर्षको मागलाई आधार मानेर पहिले नै कम्पनीमा माग गर्नुपर्दछ, सोहीअनुसार हामीले दाङका लागि १५० टन मगाएका थियौँ, त्यसले पुगेन”, लामिछानेले भन्नुभयो । अब यो वर्ष युएस–३१२ धान नआउने हुँदा सम्पूर्ण कृषकलाई अन्य विकल्प खोज्न उहाँले आग्रह गर्नुभएको छ ।

मुलुक कोरोना भा,इरसका कारण भएको बन्दाबन्दीले गर्दा स्वदेश तथा विदेशमा रोजगारी गर्ने अधिकांश जनशक्ति घरमा रहेकाले विगतका वर्षमा बाँझै रहने जमिनमा यो वर्ष खेती हुने सम्भावना भएको हुँदा बीउबिजन बढी बिक्री भएको हुनसक्ने बिक्रेताको अनुमान छ । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।