धनकुटाका ७ जना कोरोना सं,क्रमित निको भएर घर फ,र्किए
धनकुटा खबर, २२ जेठ । धनकुटामा कोरोना संक्रमण भई कोभिड अस्पताल विराटनगरमा उपचार गराई रहनु भएका सातै जना आज डिस्चार्ज भएका छन् । आज उनिहरु डिस्चार्ज भएको जिल्ला स्वाथ्य कार्यालय धनकुटाका प्रमुख तुलसीप्रसाद गुराँगाईले जानकारी दिनु भयो ।

धनकुटामा कोभिड संक्रमण कसरी आई पुग्यो भन्ने एकिन नभएको सजक हुन भने आवश्यक रहेको यहाँले बताउँनु भयो । आज सम्म का ५३८ जनाको स्वाव परिक्षणमा संक्रमण फेला नपरेको तर समुदायमा कोही संक्रमितहरु हुनसक्ने भएकोले सबै चनाखो र सचेत हुदै सामाजिक दुरी काय गर्न भने आवश्यक भएको प्रमुख गुराँगाईले बताउँनु भयो ।


