२० वर्ष बाँझो रहेको जग्गामा सामूहिक आलु खेती

अर्जुन काफ्ले

स्याङ्जा, जेठ २३ गते । बीस वर्षदेखि बाँझो रहेको जग्गामा सामूहिक आलुखेती शुरु गरिएको छ । स्याङ्जाको आँधीखोला गाउँपालिकाले शत प्रतिशत अनुदानमा बीउ, मल, औषधि, प्राविधिक सहयोग दिएपछि किसानहरू बाँझो जग्गालाई हराभरा बनाउन जुटेका हुन् ।

कुनै बेला आँधीखोला गाउँपालिकाको भक्किम्ले आलुले चिनाएको पहिचानलाई पुनः आलु खेतीमार्फत स्थानीयले पुरानै विरासत फर्काउने प्रयास गरेको गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेलले बताउनुभयो ।

बीस वर्षअघि परम्परागत रुपमा आलु खेती गरिने ठाउँमा युवाहरू वैदेशिक रोजगारीका लागि पलायन भएपछि त्यहाँका स्थानीयले आलु खेती गर्न छाडेका थिए र जग्गा बाँझो भएको थियो । गाउँपालिकाको शत प्रतिशत अनुदानमा अहिले भक्किम्ले, दत्तेलोटे, त्रिवेणीलगायतका स्थानीयकाे ५४ घर परिवार दत्तेलोटेमा सामूहिक खेतीमा जुटेको स्थानीय कृषक नारायण पौडेलले बताउनुभयो ।

पहिलो चरणमा बाँझो रहेको २५० रोपनी खेती गरेको तथा बाँझो जग्गामा आलु खेती गर्न पालिकाले चार हजार पाँच सय केजी आलुको बीउ कृषकलाई उपलब्ध गराएको पौडेलले जानकारी दिनुभयो । माटो परीक्षण गरेर माटो सुहाउने भएपछि पालिकाले आलुको बीउ, आवश्यक सीप, प्राविधिक सहयोग दिएपछि आफूहरू आलु खेतीमा जुटेको पौडेलको भनाइ छ ।

कृषि उपजको बजारीकरण र ढुवानीको लागि पालिकाले व्यवस्था गरिदिने भएपछि किसानको बाँझो जग्गामा आलु ढकमम्क भएको कृषक मणिरत्न पौडेलले बताउनुभयो । सामूहिक रुपमा आलु खेती सुरु भएसँगै आफूहरूका खुसीका दिन फिरेको बताउँदै पौडेलले रोजगारीको लागि गाँउदेखि बजार झर्नेको सङ्ख्यामा वृद्धि भएसँगै गाउँ नै खाली हुने अवस्थाको अन्त्य गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने बताउनुभयाे ।

आलु खेतीले गाउँको विरासत पुनः फर्कने र रोजगारीका लागि बजार पसेका युवाहरू पनि गाउँ फर्कने कृषक पौडेलले आशा राख्नुभएकाे छ । यहाँका एक जना कृषकले २५ केजीदेखि तीन सय केजीसम्म बर्खे आलु दुई रोपनीदेखि २५ रोपनीसम्म जग्गामा आलु रोपेका छन् ।

बेमाैसममा रोपेको आलु मिठो र राम्रो हुने तथा मुनाफा आर्जनको हिसाबले पनि राम्रो रहेको उपाध्यक्ष शर्मिला पौडेलले बताउनुभयो । उहाँले हरेक वर्ष उत्पादनको क्षेत्र बढाई जिल्लाकै आलु खेतीको नमूना गाउँ बनाउने गाउँपालिकाको सोच रहेको बताउनुभयो ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।