धनकुटामा कोरोना अस्पताल बनाऊन निजी क्षेत्रले सहयोग गर्ने
धनकुटा खबर । धनकुटा जिल्ला सदरमुकाममा एक कोरोना अस्पताल स्थापनाका लागि धनकुटा उद्योग बाणिज्य संघ लगायत निजी क्षेत्रले सहयोग गर्ने वताएका छन ।
दिन प्रतिदिन महामा,रीको रुपमा फैलदै गएको कोरोना भाईरस संक्रमण नियन्त्रणका लागि जिल्ला सदरमुकाम धनकुटामा एक कोरोना अस्पताल सहित ६० वटै वडामा क्वारेन्टाईन स्थापना गर्न माग गर्दै त्यसका लागि उद्योग बाणिज्य संघ र नीजि क्षेत्रहरुले सहयोग गर्ने वताएका हुन ।
छिमेकी देशभारत सहित अन्य देशहरुमा रोजगारका लागि श्रम गर्न विदेशिएका नेपालीहरु दिन प्रतिदिन ठूलो सख्यामा स्वदेश फर्कत थालेका र संघिय र प्रदेश सरकारले मात्र अव व्यवस्थापन गर्न नसक्ने भएकाले स्थानीय तहका सरकार एवम् नीजि क्षेत्रहरुले समेत कोरोना भाईरस नियन्त्रण गर्न कोरोना अस्पताल तथा क्वारेनटाईन स्थापना गर्न महत्वपूर्ण सहयोग गर्नु पर्ने उद्योग बाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राइले वताउनु भयो ।
त्यस्तै प्रत्येक वडामा विदेशबाट आउने वडावासीलाई वडा कार्यालयले नै स्थानीय वासिन्दा तथा निधि क्षेत्रहरुको सहयोगमा क्वारेन्टाईन स्थापना गरी अनिवार्य रुपमा क्वारेन्टाईनमा राख्ने वातावरण र्सिजना गर्नुपर्ने होटल एशोसिएन भेडेटारका अध्यक्ष जितेन्द्र राईले वताउनु भयो । देशमा तिव्र रुपमा कोरोना भाईरस फैलिएर भयावह हुने सक्ने संकेत देखिएले धनकुटा जिल्ला सदुरमुकामा पिसिआर परिक्षण ल्याप सहितको कोरोना अस्पताल र सात वटै पालिकाले ६० वटै वडामा ५० वेड सम्मको क्वारेन्टाईन अनिवार्य रुपमा तत्काल स्थापना गर्न र त्यसका लागि संघिय ,प्रदेश सरकारको सहयोग लिएर स्थानीय तहले नीजि क्षेत्रसंग सहयोग लिएर पहल गर्नु पर्ने जनाईएको छ ।
शूरुमा सयम हुँदा प¥याप्त तयारी नगरेको कारण कोरोना भाईरस अहिले फैलदै गएकोले अव पनि नीजि क्षेत्र लगायत वडावासी सवैसँग सहकार्य नगरे भाईरस नियन्त्रण गर्न समस्या हुने धनकुटा अस्पताल विकास समितिका पूर्व अध्यक्ष सुनिल डंगोलले वताउनु भयो ।
कसैको एक्ले प्रयासबाट मात्र अव कोरोना भाईरस नियन्त्रण हुन नसक्ने भएकाले सवैको सहयोग अनिवार्य रहेकोले अव सवै सम्यमित र सर्तक भएर यो भाईरस नियनत्रण गर्न सहयोग गर्नु पर्ने धनकुटा बजार व्यवस्थापन समितिका अध्यक्ष विप्लव श्रेष्ठले वताउनु भयो ।
कोरोना भाईरसको विरामीको संख्या दिनप्रतिदिन बढ्दै गएकाले अव एक जिल्लाको विरामी अर्को जिल्लाको कोरोना अस्पतालले उपचार गर्न राख्न नसक्ने भएकाले आफ्ना जिल्लाका संक्रमित विरामीहरुलाई आफ्नै जिल्लाम उपचार गर्नपनि सदरमुकामा पिसिआर ल्याप सहितको कोरोना अस्पताल र ६० वटै वडामा क्वारेन्टाईन अनिवार्य स्थापना गर्न तत्काल लाग्नु पर्ने आजको पहिलो आवाश्यक्ता भएको जनाईएको छ ।


