कोरोना भाईरस फैलन नदिन धनकुटामा होमियोप्याथिक औषधी वितरण

धनकुटा खबर । भावना होमियो पेथिक अस्पताल धनकुटाले आज सञ्चाकर्मी तथा अन्य नागरिकलाई कोरोना भाईरस नियन्त्रणका लागि हामियोप्याथिक औषधि वितरण गरेको छ ।

धनकुटा भावना होमियो प्याथिक अस्पतालका सञ्चालक डा. खगेन्द्र कटुवालले सञ्चारकर्मी तथा नागरिकलाई औषधी बितरण गर्नुभएको हो । सो अवसरमा उहाँले कोरोना भाईरस सर्ने माध्यम , त्यसको लक्षण तथा चिन्नहरु , त्यसका नियन्त्रण , रोकथामका उपाय र कोरोना भाईरस संक्रमणको नियन्त्रण का लागि होमियोप्याथिक पद्धतिबाट के गर्न सकिन्छ भन्ने जानकारी गराउनुभएको थियो ।

डा कटुवालले अन्य औषधीको तुलनामा होमियो पेथिक औषधी अहिलेको भाईरस विरुद्ध बढि प्रभाबकारी भएको र यसको कुनै पनि असरहरु नहुने मेडिकल साईरन्सबाट समेट पुष्टि भएको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष नगेन्द्र राईलाई डाक्टर नगेन्द्र कटुवालले कोरोना बिरुद्धको औषधी हस्तान्तरण गर्नु भएको थियो । पत्रकार सम्मेलनमा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, नेपाल पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष नगेन्द्र राई, सचिव विदुर खवास, पूर्व अध्यक्षहरु मोहन वान्तवा, खगेन्द्र घिमिरे, फोनिजका अध्यक्ष सन्तवीर लामा,जिल्ला प्रशासन कार्यालय धनकुटाका गजेन्द्र रम्तेल,जिल्ला प्रहरी कार्यालय धनकुटाका सई विरेन्द्र कार्की लगायतको उपस्थिती थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।