धनकुटास्थित ‘फाप्रे झरना’ व्यवस्थापन तथा पूर्वाधार निर्माण
धनकुटा खबर । धनकुटाको छथरजोरपाटि गाँउपालिका २ नं वडामा पर्ने फाप्रे झरना व्यवस्थापन तथा पूर्वाधार निर्माण गरिएको छ ।
चालु आर्थिक वर्षको पर्यटन प्रवद्र्धन तथा पूर्वाधार विकास कार्यक्रम अन्र्तगत गाउँपालिकाबाट विनियोजित बजेट रु ३ लाख ५० हजार लगतमा झर्ना सम्म जाने बाटोमा सिढी वनाउने, वाल उठाउने र धारावनाउने लगायतको काम पूरा गरेको २ नं वडाध्यक्ष कृष्ण कुमार आले मगरले जानकारी दिनुभयो ।
करिब ३० मिटर लामो यो भर्ना प्रचार प्रसार तथा बाटो घाटोको अभावमा ओझेल परेकोमा रेको थियो । अहिले झर्ना सम्म जाने बाटोमा सिढी वनाउने, वाल उठाउने र धारा वनाउने काम सकिएका र आगामी दिनमा झर्नालाई थप व्यवस्थित बनाउदै पर्यटकीय स्थलको रुपमा विकास गर्ने लक्ष रहेको गाउँपालिकाले जनाएको छ ।

झरना वरिपरि वरिपरि राइ समुदायको बसोबास रहेको र त्यहाँ उनीहरुले पबुजा पाठ पनि गर्दै आएको हुँदा आगामी वर्ष झर्ना नजिकै मार्गथान निर्माण गर्ने योजना समेत रहेको छथरजोरपाटी गाउँपालिका अध्यक्ष शेर लिम्बुले वताउनुभयो ।
यसअघि प्रचार प्रसार एवम् मर्मत सम्भारको अभावमा ओझेलमा परेका पर्यटकीय स्थलहरु स्थानिय सरकार आएपछि विकास भएको भन्दै त्यहाँका स्थानिय खुशी भएकाछन् ।


