धनकुटामा पनि दुई सिफ्टमा काम हुने
धनकुटा खबर । धनकुटामा पनि दुई सिफ्टमा काम हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय धनकुटाले नेपाल सरकारमन्त्री परिषदको निर्णय अनुसार सरकारी कार्यालय, शिक्षण संस्थाका कार्यलय गैर सरकारी तथा निजी क्षेत्र कार्यलय र बैंक तथा वितिय संस्थाका कार्यालय दुई सिफ्टमा संचालन गर्ने निर्णय भएकोले धनकुटामा समेत विहान ८ बजे देखि १ बजे र २ बजे देखि ६ बजे सम्म असार १ गते देखि कार्यालय संचालन गरिने भएको छ ।
सोही अनुसार व्यवस्था मिलाउन धनकुटाका सबै कार्यालयहरुलाई जिल्ला प्रसाशन कार्यलय धनकुटाका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीद्धारा आज जारी गरिएको विज्ञप्तीमा उल्लेख गरीएको छ ।



