धनकुटाका १६ वटा कृषक समूहलाई मिनिटिलर र टेम्पो वितरण
धनकुटा खबर, असार १ । धनकुटा नगरपालिकाका १६ वटा कृषक समूहलाई आज मिनिटिलर तथा टेम्पो वितरण गरिएको छ ।
कृषीलाई यान्त्रिकीकरण गर्दै उत्पादनलाई वृद्धी गर्ने लक्षका साथ ८० प्रतिशत अनुदानमा १६ वटा कृषक समूहलाई एक एक वटा मिनिटिलर र दुईवटा टेम्पो वितरण गरिएको नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख विकास अधिकारीले जानकारी दिनुभयो ।
किसानले उत्पादन गरेको दुध एवम् दुग्धजन्य सामान ढुवानिका लागि सहज होस् भनेर दुईवटा टेम्पो प्रदान गरिएको उहाले वताउनुभयो । अधिकारीका अनुसार मिनिटिलर र टेम्पो चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट प्राप्त २० वजेट मार्फत वितरण गरिएको हो ।
यी सामाग्री नगर प्रमुख चिन्तन तामाङ्ग, उपप्रमुख सकुन्तला वस्नेत लगायतको उपस्थितीमा किसानहरुलाई वितरण गरिएको थियो ।




