लै,ङ्गिक हिंं सा न्यूनिकरणमा पत्रकारको भूमिका महत्वपूर्ण
धनकुटा खबर, १ असार । लैङ्गिक हिं,सा न्यूनिकरणमा पत्रकारको भूमिका महत्वपूर्णहुने आज एक कार्यक्रमा वक्ताहरुले बताएका छन् ।
नेपाल प्रेस यूनियन धनकुटा शाखाले आयोजना गरेको लैङ्गिक हिं,सा न्यूनिकरणमा पत्रकारहरुको भूमिका विषयक अन्र्तकृयामा वक्ताहरुले यस्तो बताएका हुन् । नेपाल प्रेस यूनियन धनकुटा शाखाले आयोजना गरेको कार्यक्रमा बोल्दै प्रेस संगठन धनकुटाका संयोजक सन्तोष रुचालले लि,ङ्गको आधारमा कसैले कसै लाई भेदभाव गर्न नहुने बताउँनु भयो ।
त्यस्तै नेपाल पत्रकारमहासंघ धनकुटा शाखाका उपाध्यक्ष नगेन्द्र राई लैङ्गिक हिं,सा न्यूनिकरणमा पत्रकारको भूमिका महत्वपूर्णहुने बताउँदै कुनै पनि पेशा व्यावसायमा लि,ङ्गको आधारमा सक्षम र असक्षम भन्ने कुरा आउनु अहिलेको समाजमा दु:खद रहेको बताउँनु भयो ।

त्यस्तै कार्यक्रमा कार्यपत्र प्रस्तुत गर्दे महिला अधिकारकर्मी शुक्रि राईले संचार लगायका क्षेत्रमा महिलाको भूमिका महत्वपूर्ण रहेको बताउँनु भयो ।
कार्यक्रमा नेपालपत्रकार महासंघ धनकुटाका शाखाका निवर्तमान अध्यक्ष खगेन्द्रप्रसाद घिमिरेले लै,गिङ हिं,सा न्यूनिकरणमा पत्रकारको भूमिका सशत बनाउन आजको आवश्यता रहेको धारण राख्नु भएको थियो । कार्यक्रमा पत्रकारहरु विनोद घिमिरे, विदुर खवास, इश्वर थापा, हरिवहादुर लम्जेल सुमना तिम्सीना,माया राउत, सन्तवीर लामा लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको अध्यक्षता नेपाल प्रेस यूनियन धनकुटा शाखा अध्यक्ष हिमा चेम्जोङ ले गर्नु भएको थियो भने कार्यक्रमको संचालन सचिव विकास घिमिरेले गर्नु भएको थियो ।


