कोरोना नियन्त्रण प्रभावकारी बनाऊन भन्दै कांग्रेस धनकुटाले पुनः पठायो प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

धनकुटा खबर । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न माग गर्दै नेपाली कांग्रेस धनकुटाले आज प्रधानमन्त्री केपी शर्मा ओलिलाई पुनः ध्यानाकर्षण पत्र पेश गरेको छ ।

देशभरबाट प्रधानमन्त्रीलाई ध्यानाकषर्ण पत्र वुझाउने पार्टीको राष्ट्रव्यापी कार्यक्रम अन्र्तगत धनकुटाका प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमली मार्फत नेपाली कांग्रेस धनकुटाले प्रधानमन्त्रीलाई पत्र पठाएको हो ।

ध्यानाकर्षण पत्रमा कोरोना भाईरस महामारी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न, आरडिटी परिक्षणलाई बन्द गरी पिसिआर परिक्षणलाई व्यापक वनाउन, धनकुटा जिल्लामा कोरोना अस्पताल सहित सवै वडामा क्वारेन्टाईन स्थापना गर्न, कैलाली जिल्लाको एक क्वारेन्टाईनमा वसेकी महिला माथि भएको बलात्कार घट्नमा संलग्नलाई तत्काल कारवाही गर्न लगायतका माग गरिएको छ ।

त्यस्तै जिल्लाको स्थानीय तह सहित कृषि ज्ञान केन्द्र,पशु विकास कार्यालय तथा सम्वन्धित कार्यलयहरुबाट दिईने अनुदान र विभिन्न कार्यक्रमहरु राजनैतिक आस्थाका आधारमा एकपक्षिय ढंगले वितरण गरिएको भन्दै यसको तिव्र रुपमा विरोध समेत गरी यस्तो कार्यको तत्काल छानविन हुनुपर्ने, सम्पूर्ण कृषकहरुलाई निष्पक्षढंगले अनुदान तथा कार्यक्रमहरु वितरण गर्नुपर्ने, राहत वितरण प्रणालीलाई निष्पक्ष बनाउदै पाउनु पर्ने सवै धनकुटा जिल्लावासीलाई तत्काल राहत उपलब्ध गराउनुपर्ने समेत माग गरिएको पार्टीका जिल्ला कोषाध्यक्ष दिनेश राईले वताउनु भयो ।

श्रमजिवि मजदुर,अपाङ्गता,सवै वेरोजगारलाई शिप अनुसारको काम उपलब्ध गउन, बर्षात शूरु भएकोले यसले पु¥याउन सक्ने क्षतीको अनुमान गरी सम्भवित क्षतीको रोकथामको लागि पूर्व तयारी गर्दै राहत तथा भौतिक समाग्रीहरुको उचित व्यवस्था तथा भण्डारण गर्न, देशभरीका क्वारेन्टाईन सेन्टर मापदण्ड अनुसार सञ्चालन गरी उचित सूरक्षाको व्यवस्था गर्न, भारत लगायत विभिन्न देशहरुमा रोजगारका लागि गएका यूवाहरु फर्कने क्रम तिव्र भएकोले उनिहरुका लागि स्थानीय स्तरमै रोजगार स्वरोजगारका लागि गुणस्तरीय मलवीउ लगायतका समाग्रीहरु अनुदानको रुपमा वितरण गर्न, फ्रन्ट लाईनमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, एम्बुलेन्स चालक, सफाईकर्मी, राष्टसेवक कर्मचारीहरुलाई पि पि ई लगायतका स्वास्थ्य समाग्री तत्काल उपलब्ध गराउन पनि माग गरिएको नेपाली कांग्रेस धनकुटाले जनाएको छ ।

उसले संकटमा परेका उद्योगी व्यापारी,व्यावसायी तथा पर्यटन व्यावसायीहरुलाई बैंकको व्याज, घर भाडा, सवै प्रकारका करहरु मिनाहा गर्न र विद्युत, टेलिफोन, खानेपानीको महसुल छुट गर्न पहल गरीदिन र सहुलियत दरमा कर्जा तथा पुर्नकर्जाको व्यवस्थ गर्न,विदेशबाट फर्केका यूवाहरुको विवरण संकलन गरी उनीहरुको चाहान र क्षामता अनुसार स्वेदशमै सीपप्रदान गरी रोजगार, स्वरोजगार बनाउन पनि ध्यानाकर्षण पत्र मार्फत माग गरिएको छ ।

ध्यानार्कषण पत्र पेश गर्न पार्टीका जिल्ला सभापति अग्नी प्रसाद पौडेल, उपसभापति नविन किशोर शाक्य, सचिव विजय सन्तोषी राई,मनोनित सचिव रविन्द्र नेपाली,नगर सभापति रोशन श्रेष्ठ, नेपाल विद्यार्थी संघ धनकुटा अध्यक्ष बालान्द दाहाल,सविच सरोज धमला,आषिश कार्की लगायतका नेताहरु जिल्ला प्रशासन कार्यलय पुगेका थिए । सहायक प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ, प्रशासकीय अधिकृत जयराम श्रेष्ठको समेतको उपस्थिति उपस्थितीमा नेपाली कांग्रेसका जिल्ला सचिव राईले ध्यानाकर्षण पत्र प्रस्तुत गरी प्रमुख जिल्ला अधिकारीलाई वुझाईएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖