धनकुटाको जितपुरमा याक्खा भाषा प्रशिक्षण शुरु

धनकुटा खबर । धनकुटाको महालक्ष्मी नगरपालिकाको जितपुर बजारमा याक्खा भाषा प्रशिक्षण आजदेखि शुरु भएको छ । निर्वाचन क्षेत्र विशेष कार्यक्रम अन्तरगत सञ्चालित प्रशिक्षणको उद्वघाटन १ नं. प्रदेश सांसद रामचन्द्र तुम्बाले गर्नुभएकाे हाे ।

प्रशिक्षण उद्घाटनकाे क्रममा मन्तब्य राख्दै सांसद तुम्बाले महालक्ष्मी नगरपालिका याख्खाजातीको उद्गम भूमी रहेको र यसक्षेत्रको प्रथम मानव भनेकै याख्खा जातिका पूर्वज भएको बताउनु भयो । कुनैपनि जातिको पहिचान भनेकै भाषा संस्कृती र भूगोल हो भन्दै उहाँले याख्खा भाषा संस्कृती लोप हुँदै गएकोमा चिन्ता ब्यक्त गर्नु भयो ।

प्रशिक्षण उद्घाटन समारोहमा महालक्ष्मी नगरपालिकाका उप-प्रमुख मन्जु अधिकारीले आदिवासी जनजाती याक्खाहरुको सांस्कृतीक पहिरनलाई संरक्षण गर्न नगरपालिका सहयोग गर्न तयार रहेको बताउदै कार्यक्रम प्रस्ताव पेश गर्न आब्हान गर्नुभयो ।

त्यस्तै नेपाल आदिवासी जनजाति महासंघ धनकुटाका अध्यक्ष सन्जय सन्तोषी राईले मुलुकमा लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले मातृभाषामा अध्यायन गर्न पाउने अधिकार ब्यवस्था गरेपनि राज्यले पाठ्यपूस्तक निर्माण गर्न आवश्यक बजेट ब्यवस्था गरी सहयोग नगरीरहेको तर मातृभाषा नभएपनि केन्द्र सरकारले हस्तक्षेप गरी प्राथमीक शिक्षाबाटै संस्कृतभाषा अध्ययन गराउने काममा लागीरहेको भन्दै घोर आपत्ति जनाउनु भयो ।

उहाँले संस्कृत भाषा कुनै समुदायको मातृ भाषा नभएकोले संस्कृत भाषालाई अध्यायन गराउनु भनेको संविधान मिच्नु हो भन्दै सवै मातृ भाषाहरुमा पठन पाठन गर्न बहुभाषिक विश्वविद्यालयको स्थापना गरीनु पर्ने माग गर्नुभयो । आदिवासी जनजाति आन्दोलनका अभियान्ता समेत रहुनुभएका अध्यक्ष राईले संकृत विश्व विद्यालयले संस्कृत भाषा पढाएकोमा आपत्ति छैन तर गणतान्त्रिक नेपालमा आएर पनि केन्द्र सरकारले जबरजस्त संस्कृत पढाउन लागेमा यसको स-शक्त्त प्रतिकार गर्दै आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

याक्खा भाषा उत्थान समिति महालक्ष्मी नगरपालिका धनकुटा अध्यक्ष मिक्शन तुम्बाको अध्यक्षतामा आयोजित प्रशिक्षणको उद्घाटन कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद महालक्ष्मी नगरपालिकाका अध्यक्ष जेवी घले मगर, याक्छा छुम्मा केन्द्रीय सचिव एवं याक्खा भाषा प्रशिक्षक भरत याख्खा लगायतले सवै भाषाको अध्यायन अध्यपन तथा दोस्रो भाषाको प्रयोगको रुपमा बाहुल्यताको आधारमा स्थानीय निकायमा संविधान प्रदत्त अधिकार लागू गराउनु पर्नेमा जोड दिएका थिए । याख्खा भाषा प्रशिक्षण पाँच दिनसम्म सञ्चालन हुने अायाेजकले जनाएकाे छ । उद्घाटन समारोहको उद्घोषण नरेन्द तुम्बाले गर्नु भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।