आफ्ना सबै ऋणीलाई साथी सहकारी धनकुटाले गर्यो ५० प्रतिशतसम्म व्याजमा छुट
धनकुटा खबर । ऋण लिएर व्यावासय सञ्चालन गरेका धनकुटाका उद्योगी व्यापारी तथा व्यावसायी लगायत सवै ऋणीलाई साथी बचत तथा ऋण सहकारी संस्था लि धनकुटाले ऋणको व्याजमा ५० प्रतिशत सम्म छुट गरेको छ ।
साथी बचत तथा ऋण सहकारी संस्था धनकुटाका अध्यक्ष जयन्द्र प्रधानको अध्यक्षमा आज सम्पन्न बोर्डको बैठकमा त्यस्तो जानकारी दिईएको हो । ऋण लिएर विगत तीन बर्ष वा सो भन्दा अघि देखी ऋण बुझाउन बाँकी रहेका ऋणीहरुलाई ५० प्रतिशत ब्याजमा छुट र दुई बर्ष देखी हाल सम्म ऋण बुझाउन बाँकी ऋणहरुलाई १५ प्रतिशत व्याजमा असार मसान्त सम्म सावा ब्याज बुझाएमा छुट दिने निर्णय गरेको सहकारी संस्थाका सविच विजय सन्तोषी राईले वताउनु भयो ।

त्यस्तैगरी कोरोना भाईरस दिन प्रतिदिन धनकुटामा पनि फैलदै गएकोले यस सहकारी संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरुको र बोर्डका पदाधिकारी तथा सदस्यहरुको कोरोना बिमा सहकारीको तर्फबाट गरिदिने निर्णय समेत भएको कोषाध्यक्ष रुपेश श्रेष्ठले वताउनु भयो । दैनिक बचत कार्यक्रम अव नियमित रुपमा अभियानका रुपमा संचालन गर्ने कार्यकारी सदस्य कुमार श्रेष्ठले वताउनु भयो ।
ऋण असुली कार्यलाई व्यापक रुपमा सञ्चालन गर्न घर दैलो कार्यक्रम संचालन गर्ने कार्यकारी सदस्य कुसुम श्रेष्ठ जोशीले वताउनुभयो । साथै कोरोना भाईरसका कारण सहकारीहरुलाई पनि ठूलो आर्थिक संकट भएकोले नया नया नीति तथा कार्यक्रमहरु सञ्चालन गर्ने कार्यकारी सदस्य सावित्रि श्रेष्ठले वताउनु भयो ।


