आत्मनिर्भताका लागि उत्पादनमा जोड दिँदै धनकुटाको छथरजोरपाटीले गर्यो नीति तथा कार्यक्रम प्रस्तुत
धनकुटा खबर । धनकुटाको छथरजोरपाटी गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आत्मा निर्भताका लागि उत्पादनमा जोड दिदै गाउँपालिकाको ७ औ गाउँसभा मार्फत आउदो आव का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।
शिक्षा कृषी पर्यटन र पूर्वाधार छथरजोरपार्टीको समृद्धीको आधार भन्ने दीर्घकालिन सोचलाई मुख्य पथ प्रर्दशनको रुपमा अंगिकार गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गरिएको गाउँपालिका प्रमुख शेर वहादुर लिम्वुले वताउनुभयो । भू उपयोग नक्साको आधारमा गाउँपालिकाको सम्पूर्ण भू-भागलाई वर्गीकृत गरि समृद्धी निर्माण कार्यमा उपयोग गर्ने लक्ष नीति तथा कार्यक्रममा लिईएको छ ।

त्यस्तै गरिबी निवारण,आम्दानी र रोजगारी, समावेसी दिगो विकास र वातावरण संरक्षणमा प्रत्यक्ष योगदान पुग्ने, लागत सहभागिता जुट्ने तथा जुटाउने लगायतका कुरा लाई पनि नीति तथा कार्यक्रममा समावेस गरिएको छ । व्यवसायीक कृषी उत्पादनलाई जोड दिदै उत्पादन वृद्धीका लागि आवश्यक मलवीउ भण्डारण,यान्त्रिकीकरण,सिंचाईको व्यवस्था लगायतको कुरा समेत समेत लाई नीति तथा कार्यक्रममा समेटिएको गाउँपालिकाले जनाएको छ ।
शिक्षा स्वास्थ्य,जेष्ठ नागरिक लगायतको क्षेत्रलाई विशेष प्राथामिक्तमा राखिएको छ भने विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रणको विषय पनि नीति तथा कार्यक्रममा समावेस गरिएको छ । अनुगमन निरिक्षण तथा सार्वजनिक सुनुवाई तथा पालिकाबाट प्रवाह हुने सेवा, गाउँवासीको आवश्यक सूचना व्यवस्थापन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।


