घरभाडा छुट गर्ने हिले बजारका थप घरधनीहरु सम्मानित

धनकुटा खबर । धनकुटाको प्रमुख व्यापारिक केन्द्र हिले बजारका घर भाडा छुट गर्ने थप घरधनीहरुलाई धनकुटा उद्योग बाणिज्य संघले सम्मान गरेको छ ।

लकडाउनको समयमा व्यापार व्यावसाय वन्द हुदा अत्यन्तै ठूलो मारमा परेका धनकुटा हिलेका व्यावसायी तथा व्यापारीहरुलाई घर भाडा मिनाहा गरी दुखमा महत्वपूर्ण सहयोग गर्नु भएको भन्दै आज संघले यहाँका ५६ जना घरधनीहरुलाई दोसल्ला तथा खदा ओढाएर टिका लगाई सम्मान गरेको संघका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिनुभयो ।

सम्मानित हुनेहरुमा धनकुटा उद्योग बाणिज्य संघ पूर्व अध्यक्ष लालचन्द्र गोङ्वा तामाङ्ग,उपाध्यक्ष खगेन्द्र कुमार विष्ट, हिले बाजर व्यवस्थापन समितिका अध्यक्ष बुद्ध तिुतङ्ग,निरमाया ठकुरी, विरिष्ट समाजसेवी वीर वहादुर तितुङ्ग, लक्ष्मी लामिछाने,समाजसेवी निल वहादुर घिमिरे, यूवा समाज सेवी अमित लो तामाङ्ग, ईश्वर घिमिरे,सुनिता तावली,डिल्ली गोङदेन,राजु वराईली,हिक्तम श्रेष्ठ,दावा शेर्पा,सविना राई,दिर्घ आलेमगर,चुङ्दा लामा,,तिलक कार्की लगायत रहेको संघका सचिव श्रीराम रायोमाझीले वताउनु भयो ।

उनिहरुलाई संघका अध्यक्ष विजय सन्तोषी राई सहित निर्वतमान अध्यक्ष उमेश घिमिरे,संघका सचिव श्रीराम रायमाझी,कोषाध्यक्ष रुपेश श्रेष्ठ,कार्यकारी सदस्यहहरु राम घिसिङ तामाङ्ग,नगेन्द्र काफ्ले,जन भावना होमियोप्याथिक हस्पिटल प्रा.ली.का सञ्चालनक डा.खगेन्द्र कटुवाल कार्यकारी सदस्यहहरु राम घिसिङ लगायतले दोसल्ला,खदा टिका लगाई सम्मान गरेका थिए ।

त्यस्तैगरी धनकुटा नगरपालिकाका वडा नं १ का वडाध्यक्ष निरेन तामाङ्ग, बल बहादुर योञ्जन,मैता सिंह घिसिङ्ग,शुभचन्द्र मोक्तान,निर वहादुर तामाङ्ग, केशव कुमार श्रेष्ठ,थाम वहादुर लिम्बु, ठगेन्द्र कुमार लिम्बु,कुमार राई, नरहरी गोङदेन, एम वहादर लुङगेली, अमर श्रेष्ठ, एल बि मगर, लगायत हिले बजारका थप २६ जनाले घर भाडा छुट गर्ने घोषाण गरेको र उनिहरुलाई पनि सम्मान गरिने संघका महासचिव राम वहादुर तामाङ्गले वताउनु भयो ।

घरधनिहरुलाई सम्मान गर्ने अवसरमा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष राईले संकट र दु:खमा व्यापारीहरुलाई घर भाडा छुट गरी महत्वपूर्ण सहयोग गर्नु हुने मनकारी घरधनीहरुलाई धन्यवादज्ञापन गर्दै भाडा छुट गर्न बाकी रहनु भएका धनकुटा जिल्लाभरीका सवै घरधनीहरुलाई घर भाडा मिनाहा गरी सहयोग गर्नु हुन अपिल गर्नु भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖