भोली धनकुटामा विद्युत आपूर्ति बन्द हुने
धनकुटा खबर । भोली शनिबार विहान १० बजे देखि ५ बजे सम्म धनकुटा वितरण केन्द्र अन्र्तगतका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने भएको छ ।
विद्युत प्राधिकरण धनकुटाले जारी गरेको विज्ञप्तीमा धरान-धनकुटा ३३ के.भ.लाईनको वरिपरि रहेका हाँगाविँगा, झाडी कटान तथा ३३ के.भि.लाईनको जम्पर कस्ने, डिक्स पिन बदली गर्ने कार्य गरिने भएको हुँदा विद्युत आपुर्ति बन्द हुने जनाएको हो ।
साथै प्रतिकुल मौषम भएमा समय हेर फेर हुन सक्ने समेत प्राधिकरणले जनाएको छ ।



